Loading... आजः २१ मंसिर २०८२, आईतवार

उपचाररत काँग्रेस युवा नेता शाहीलाई मुख्यमन्त्रीद्वारा भेटघाट

कालिकोट । हृदयघातका कारण काठमाडौँको महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारत नेपाल तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई कर्णाली प्रदेशका मुख्यमंत्री महेन्द्रबहादुर शाहीले भेटेका छन्।

शनिबार मुख्यमन्त्री शाहीले तरुण महामन्त्री शाहीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन्। गत आइतबार महामन्त्री शाहीको अवस्था खतरामुक्त रहेको चिकित्सकहरुको भनाई छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत रहेका शाहीलाई भेट्नेहरुको घुईँचो छ। यसैक्रममा मुख्यमन्त्री शाहीले पनि भेटेका हुन्।

आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि महामन्त्री शाहीलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन्। यसअघि कांग्रेसका नेता तथा पूर्वमन्त्रीद्वय अर्जुन नरसिंह केसी र डा. रामशसरण महतले भने उनलाई आइसियूमै पुगेर भेटेकाे ने.बि.संघका नेता  जगतजंग बिष्टले जानकारी दिनुभयो ।