Loading... आजः १६ चैत्र २०८०, शुक्रबार

बाबुरामले भने– प्रतिपक्षीय धर्म निभाउने कांग्रेसको संकेत सराहनीय छ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिपक्षीय धर्म निभाउने कांग्रेसको संकेत सराहनीय भएको बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दैआफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णय लाई डा. भट्टराईले सराहनीय भनेका हुन् ।

उनले शनिबार बिहान ट्वीटरमा लेखेका छन्, ‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं ।’दलहरु एजेण्डा फरक–फरक हुने भए पनि सबैभन्दा माथि देश, जनता र लोकतन्त्र हुने उल्लेख गर्दै डा. भट्टराईले आजको दिनमा ओलीको विदाई नै प्राथमिक हुने बताएका छन् ।