Loading... आजः ८ बैशाख २०८१, शनिबार

एमाले नगरकमिटीद्वारा शुभकामना आर्दानप्रदान ।

कालिकोट – नेपाल कम्युनिस्ट पाटी नेकपा ( एमाले) खाँडाचक्र नगरकमिटीले नंया वर्ष २०७८, सालकाे पावन अवसरमा विस्तारित बैठक तथा शुभकामना अार्दानप्रदान कार्यक्रम गरेकाे छ ।

 

खाँडाचक्र नगरकमिटी अध्यक्ष तुलाराज मल्लकाे अध्यक्षतामा, नेकपा एमालेका पाटी अध्यक्ष नगेन्द्र शाही (नेशनल) काे प्रमुख अातिथ्यता, नेकपा एमाले प्रदेश कमिटी सदस्य धिरबहादुर बम जसिप्रसाद पाण्डे, गाेगन बहादुर शाही (उषाकिरण) पुत्रबहादुर मल्ल,नेता कृष्णप्रसाद पाण्डे,लगायतकाे विशेष उपस्थितिमा विस्तारित बैठक तथा शुभकामना अार्दानप्रदान कार्यक्रम भएकाे हाे ।

 

 

कार्यक्रममा विभिन्न पाटी परित्याग गरि दश जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन । साथै कार्यक्रममा नेपाल पत्रकार महासंघका नव निर्वाचित अध्यक्ष लगायतकाे समिति, भुमि सम्बन्धि समास्या समाधान अायाेगका पधाधिकारी, लगायतलाई बधाई तथा सम्मान गरेकाे छ ।

 

 

कार्यक्रममा बाेल्दै नेकपा एमाले अध्यक्ष तथा प्रमुख अतिथि नगेन्द्र शाही नेशनलले,अब नेकपा एमाले एक ढिक्का भएर अगाडि बढ्नुकाे विकल्प नरहेकाे बताए । पाटिभित्रै बाट केही तत्वहरूले गुटउपगुट संचलन गरेपनि अन्तत नेकपा एमालेमै अाउनु पर्ने बाध्यता रहेकाे जानकारी दिए ।