Loading... आजः २ बैशाख २०८१, आईतवार

रास्कोटमा बनेको अस्पताल हस्तान्तरण

कालीकोटः जिल्लाको रास्कोट नगरपालिकाको गौतुकोटमा बनेको सामुदायिक अस्पताल नगरपालिकालाई हस्तान्तरण तथा नयाँ अस्पतालको उद्घाटन गरिएको छ ।

 

कालीकोट लगायतका अन्य क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउने ध्ययका साथ सुरुवात गरिएको अस्पतालको मंगलबार एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण र नयाँ निर्मित भवनमाबाट सेवा प्रवाहको सुरुवात गरिएको छ ।

 

लोकप्रिय पत्रकार रवी लामिछानेले स्थापना गरेको रवी फाउण्डेशन मार्फत रास्कोट अस्पतालको भवन निमार्ण गरिएको थियो । रास्कोट नगरपालिकाका सामाजिक अभियान्ता तुलराज सिम्खाडाको विशेष पहल रवी फाउण्डेशनको आर्थिक सहयोगमा अस्पताल निमार्ण गरिएको हो ।

 

 

सोही अस्पतालको चर्चित एवं लोकप्रिय पत्रकार रवी लामिछानेले अस्पतालको उद्घाटनसंगै नगरपालिकालाई संचालनका लागि हस्तान्तरण गरेका छन् ।आफ्नो पत्रकारितासँगै सामाजिक सेवामा लागेका पत्रकार लामिछानेले दुर्गम कालीकोटका नागरिकको स्वास्थ्यको ख्याल गर्दै विकट कालीकोटमा १५ शैयाको अस्पताल निमार्ण गरेका हुन् । अस्पतालले पूर्ण रूपमा नयाँ भवनबाट आफ्ना सेवा सुरू गरेको जनाएको छ ।

 

 

 

पत्रकार लामिछानेको पहलमा देश तथा विदेशबाट अस्पताल निर्माणका लागि थुप्रै दाताहरुले सहयोग गरेका थिए । दाताहरुको सहयोगमा रास्कोटमा अस्पताल निमार्ण भएको हो ।

 

भवनलाई हस्तान्तरण गर्दै पत्रकार लामिछानेले दुर्गमका नागरिकलाई सेवा दिनका लागि रास्कोटमा अस्पतालको निमार्ण गरिएको बताए । उनले, धेरै चुनौतिका बावजुत रास्कोटमा अस्पताल बनेकाले सवै नागरिकले रास्कोटबाट सेवा लिन आग्रह गरे ।

 

 

अस्पताल निमार्णका असहयोग गर्न महत्वपूर्ण भुमिका खेल्ने नागरिकलाई सवै भन्दा पहिले र निशुल्क उपचारको व्यवस्था मिलाउन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई निर्देशन समेत दिए ।