Loading... आजः ८ बैशाख २०८१, शनिबार

पचालझरनामा पालिका स्तरयि दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

कालिकोट । जिल्लाको पचालझरना गाँउपालिकामा पालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ पचालझरना गाँउपालिकाको आयोजना र सरस्वती मावि नानिकोटको सह आयोजनामा पालिका स्तिरिय दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बिहिबारदेखी सुरु गरिएको हो ।
पचालझरना गाँउपालिका अध्यक्ष खड्गराज सेजुवालको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमूख अनीपाल शाहीको प्रमूख आतिथ्यता तथा जिल्ला समन्वय समिति सदस्य ऐना शाहीको बिशेष आतिथ्यतामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गरियो । प्रतियोगितामा पालिका स्थित ९ वटा माविले सहभागिता जनाएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमूख अनीपाल शाही, सदस्य ऐना शाही, राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता व्यवस्थापन समितिका तर्फबाट नेकपा एमोलेका नेता चन्दबहादुर शाही, पचालझरना गाँउपालिका शिक्षा तथा खेलकुद शाखा प्रमूख नमराज शाहीले शुभकामना दिएका थिए । उनीहरुले पालिका स्तरमा खेल खेलेर उत्कृष्ट हुने खेलाडीहरुले जिल्ला स्तरको प्रतियोगितामा पनि सफलता हात पार्न सक्ने गरी तयारी गर्न आग्रह गरेका थिए । कार्यक्रममा पचालझरना गाँउपालिका अध्यक्ष खड्गराज सेजुवालले पचालझरना गाँउपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सव्य र भव्य रुपमा सम्पन्न गर्नका लागि पालिकाले सबै तयारीहरु पुरा गरेकाले यसमा स्थानिय र खेलाडीहरुले पनि साथ दिन आग्रह गरे । उनले पालिकामा मात्र नभई जिल्लामै उत्कृष्ट खेल देखाउन खेलाडीहरुलाई आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका पालिका सभापती प्रजापती संजाल, साविकको नानिकोट गाविस पुर्व उपाध्यक्ष रबिन्द्र संज्याल, शिक्षा पत्रकार समुहका कर्णाली प्रदेश सचिव बिस्नप्रसाद न्यौपाने, नेकपा माओबादी केन्द्रका नेता पौरख बिक, गाँउपालिकाका ९ वटै वडाका वडा अध्यक्षहरु, पालिका स्तरमा ९ वटै माविका प्रधानाध्यापकहरु लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा देउडा खेलाउडी तथा समाजसेवी सुनसरा शाहीले दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी खेलाडी तथा अतिथिहरुलाई मास्क बितरण गरेकी थिईन् । उनले बिश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको जोखिमलाई मध्यनजर गरी दोस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी खेलाडी तथा अतिथिहरुलाई मास्क बितरण गरेको बताईन् । उनलाई आयोजकले धन्यबाद पनि दिएका थिए ।