Loading... आजः ४ बैशाख २०८१, मंगलवार

भाडादर कायम गराउन समस्य

ललित बिष्ट कालिकोट: कालिकोट जिल्लामा सवाँरी साधनमा तोकिएको नयाँ भाडादर कार्यान्वयमा चुनौति देखिएको छ ।

 

यातायात व्यवसायीहरुले नयाँ तोकिएको भाडादरले आफुहरु ठुलो मर्कामा परेको भन्दै कार्यान्वयन गर्न आनाकानी गरेकाले नयाँ भाडादर कार्यान्वयनमा चुनौति देखिएको हो ।

 

व्यवसायीहरुले भित्र–भित्रै पुरानै भाडादर अनुसार यात्रुहरु वाट भाडा लिने गरेको सर्वत्र गुनासोहरु आउन थालेको छ ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नर वहादुर विष्टले लुकि छिपि पुरानै भाडाअनुसार भाडा उठाउने गरिएको पाइएको स्वीकार भएको छ ।उहाँले पुरानो भाडा दर अनुसार भाडा लिने ३ वटा सवारी साधानलाई नियन्त्रणमा लिएर यात्रुहरुको भाडा फिर्ता गर्न लगाएको पनि ज्वाला खवरलाई जानकारी दिनु भयो ।विष्टले भन्नु भयो “मान्मवाट जुम्लाका लागि छुटेका तिन वटा गाडीले मोल्फला नजिकै यात्रुलाई कित झर्नुहोस् कित पुरा भाडा दिनुहोस् भनेर भनेछन ।

 

यात्रुहरु वाट पुरा भाडा लिएछन । त्यसको गुनासो आएपछि हामीले गाडी नियन्त्रणमा लिएर ७ जना यात्रुको भाडा फिर्ता गर्यौ ।”यो त प्रतिनिधिमुलक घटना मात्र हो ।

 

यातायात व्यवसायीहरुले जिते देखि सुर्खेत जाँदा पुरानै भाडा दर अनुसार भाग असुल गरेको पाईएको छ ।उनीहरुले नयाँ भाडादरको कुरा उठाउदा गाडीमा चढन नदिने गरेको पनि यात्रुहरुको गुनासो छ ।

 

यातायात व्यवसायीहरुले मनपरि तरिकाले भाडा असुल गर्न थालेपछि यहि चैत्र २० गते जिल्ला प्रशासन कार्यलय कालिकोटमा वसेको सर्वदलीय तथा सर्वसपक्षिय वैठकले पुरानो भाडादरलाई खारेज गरि नयाँ भाडादर लागु गर्ने निर्णय गरेको थियो ।

 

वैठकमा स्वंयम यातायात व्यवसायीहरुका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो भने नयाँ भाडादरको नियर्णमा हस्ताक्षर समेत गरेका थिए ।तर पनि यातायात व्यवसायीहरुले आफुहरु मर्कामा परेको गुनासो गर्दै भित्र– भित्रै भाडा पुरानै उठाउनु राम्रो नभएको यात्रुहरुको भनाई छ ।

 

वैठकले प्रतिकिलो मिटर वसको ३ रुपैया ३० पैसा, हाईस÷फोर्सको ४ रुपैया ३० पैसा, जीपको ५ रुपैया ३० पैसा भाडा दर निर्धारण गरेको थियो ।यो निर्णय अनुसार कालिकोट–सुर्खेत कुल १५५ किलोमिटर दुरी पर्दछ ।

 

जीपको भाडा ८२१, फोर्स÷मिनिवसको ६६६ र वसको ५११ रुपैया प्रति यात्रु भाडा तिर्नु पर्दछ ।तर यातायात व्यवसायीहरुले भने यो नियर्ण प्रति असन्तुष्टि राख्दै यात्रु वाट पुरानै भाडा जीपको १०००, फोर्स÷ मिनीवसको ८८०, वसको ७५० सुर्खेत सम्म प्रति व्यक्ति भाडा लिने गरेका छन ।यस्तै कालिकोट देखि जुम्ला सम्म ८२ किलो मिटर दुरी पर्दछ ।

 

नयाँ भाडादर जीपको ४३४, फोर्स ÷मिनिवसको ३५२, र वसको २७० भाडा दर कायम गरिएको छ ।तर यातायात व्यवसायीहरुले कालिकोट देखि जुम्ला सम्म जीपको ७७५, फोर्स÷मिनिवसको ७००, र वसको ४५० भाडा लिने गरेको खुलासा भएको छ ।

 

मानसरोवर रारा यातायात तथा मध्य पश्चिम जीप समितिका इन्चार्ज पर्व वमले यातायात व्यवसायीको वाध्यता भएको सवारी साधानको खर्च सम्म उठन नसकेको वताउनु भएको छ ।यस्तै यातायात व्यवसायी देउती यातायात प्रालिका काउण्टर इन्चार्ज दमन वहादुर शाहीले किलो मिटरको हिसावले गाडी चलाउदा यातायात व्यवसायी धेरै घाटामा परेको गुनासो गर्नु भयो ।उहाँले कालिकोटमा मात्र यो नियम लागु गरेर नहुने भन्दै जुम्ला,सुर्खेत,दैलेख सवै जिल्लामा लागु हुनु पर्ने नत्र यहाँ मात्र किन लागु गर्ने भनि प्रश्न गर्नु भयो ।

 

यातायात व्यवसायी गोरख वहादुर वमले मान्ममा मात्र लागु गर्ने जिल्लाकै जितेवजार लागु नगर्ने किन भनि प्रश्न गर्नु भयो ।व्यवसायीहरुले कित सवै ठाउँ लागु हुनु पर्ने, कित कतै लागु हुन नहुने तर्क गरेका छन । व्यवायीहरुको यस्तो तर्कले नयाँ भाडा दर अक्षरस पालना हुनेमा धेरै चुनौति छ ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यलय कालिकोटले जिल्ला भर कडाई पुर्वक नयाँ भाडा दर लागु गर्ने काममा आफुहरु लागेको वताएको छ । तर पनि ट्राफिक प्रहरीलाई समेत छल्दै पुरानै भाडा असुल भइरहेको यात्रुहरुको गुनासो छ ।

 

यसैविच जिल्ला ट्राफिक प्रहरीले यात्रुहरुलाई यात्रामा सजिलोको लागि जिल्लाको ५ वटा ठाउँमा दुरी र लाग्ने समयको वारे जानकारी दिन वोर्डहरु टाँसेको छ ।दैखोला,जिरोपोइन्ट,पिली, नाग्म र सेरावाडामा रारा जाने वाटोको लागि जानकारी दिन दुरी र लाग्ने समयको वोर्डहरु टाँसेको जनाएको छ