Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

चार सांसदलाई एमालेको साधारण सदस्य बाट निस्कासन

काठमाडौं । नेकपा एमालेको संसदीय दलले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने चार जना सांसदलाई कारबाहीका लागि सिफारिस गरेको छ । आज कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिन सहयोग पुर्‍याएका उनीहरूलाई कारबाहीका लागि सिफारिस गरिएको हो ।

 

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई कारबाहीका लागि सिफारिस गरिएको बताए ।

 

कर्णालीमा आज भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत माग्न गरेको प्रस्तावमा यी चार सांसदले पक्षमा मतदान गरी ‘फ्लोर क्रस’ गरेका थिए। कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्नुअघिसम्म एमाले संसदीय दलका नेता यामलाल कँडेल पारित नहुनेमा ढुक्क थिए ।

 

उनलाई भावी मुख्यमन्त्रीको रूपमा चर्चा गर्न थालिइसकेको थियो । तर, उनले नसोचेको मत परिणाम आयो । कर्णाली सरकारले विश्वासको मत लिएपछि कँडेल आफ्नो पार्टीबाट ‘फ्लोर क्रस’ गर्ने सांसदहरुप्रति आ क्रोशित बनेका छन् ।


error: Content is protected !!