Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

प्रिय काठ्माण्डाै !!

कालिकोट:तिम्राे धरहरा त बनेछ है । बधाई छ । तर यहाँ मेराे कर्णालीकाे सुर्खेतदेखी साविककाे कर्णाली जाेड्ने कर्णाली राजमार्ग जस्ताकाे त्यस्तै छ ।

 

२०६३ सालमा नेपाली सेनाले ट्याक खाेलेर याे राजमार्गमा गाडी गुड्न थालेकाे हाे । साँघुराे राजमार्ग न पिच भयाे न दुई लेनकाे पनि बन्याे ! बरु याे राजमार्ग कर्णालीका थाप्लाेमा नाम्लाे बाेक्ने नागरिकहरुकाे स्वर्ग जाने बाटाे (मृत्यु मार्ग) पाे बनेकाे छ ।

 

 

कर्णालीका अधिकांश विकट बस्तिहरुमा बालबालिकाहरुलाई अाेद लागेर पढ्ने नचुहिने छाना भएकाे बिद्यालय बनेका छैनन । बिद्यालय भवन भएका बिद्यालयमा पनि बिषय अनुसारका शिक्षक छैनन । पढाइ हुदैन । गाउमा बिजुली बलेकाे छैन । खरिद गर्न सक्नेले साेलारबाट बत्ति बाल्छन । नसक्नेकाे घरमा अझै लाेस्टाे र दियालाे बाल्नु पर्छ ।

 

बिकासका पुर्वाधारहरु सबै लथालिङग अवस्थामा छन । हरेक याेजनामा भ्रष्ट्राचार मात्र हुन्छ । गाउमा पशुपालन गर्ने, कृषि कर्म गर्नेलाई बाह्रै महिना खान पुग्दैन । राजनीति गर्ने, काम नगर्ने, व्यवसाय नगर्नेहरुकाे खानपीन, लवाईखवाई कम ती छैन । अस्पतालमा दरबन्दी अनुसार न डाक्टर, न अाैषधि न उपकरण छन । तिम्राे जति यहाँ हाम्राे बाच्ने अायू पनि छैन । यहाँका गर्भवती महिलाहरु सुत्केरी हुन स्वास्थ्य चाैकी नपुग्दै बीच बाटाेमा ज्यान गुमाउछन ।

 

कतिपय बालबालिकाहरु पाखा पखेरामा जन्मिन्छन । सन्तानलाई एक जाेर लुगा फेर्न परदेशिएका (कालापाहाड गएका ) बाहरु पनि सबै घर फर्किदैनन । उतै ज्यान गुमाउछन । घाँस दाउराका लागि वन गएका अामाहरु सबै घर फर्किदैनन । भीर र रुखबाट खसेर ज्यान गुमाउछन ।

 

जिन्दाबाद र मुर्दाबाद गर्न गएका सबै अभिभावकहरु पनि घर फर्केका छैनन । उनीहरुका बालबच्चा र परिवारले उचित राहत पनि पाएका छैनन । बरु बाँचेका पदिय लाभ लिएकाहरुले राहत पाएका छन ।

 

पाखा पखेरा, गाेठ र बाटाेमा जन्मिएका कर्णालीका युवाहरुका शरिभरी चाेटपटक लागेर परेका घाउका दागहरु ताजै छन । जसका कारण यहाँका युवाहरु नेपालौ सेना, नेपाल प्रहरी जस्ता सुरक्षा निकाएमा जागिर खान पनि याेग्य हुदैनन ।

 

अन्य प्राबिधिक र निजामति सेवामा प्रवेश गर्नमा लागि यहाँकाे न पढाईले पुग्छ न अन्य तयारी गर्ने अवसर नै पाउँछन् । गाउमा भएका सरकारी समेन्त्रमा कार्यलय सहयाेगिकाे जागिर खान नेता र जनप्रतिनिधिकाे नातेदार हुनपर्छ । सडकमा मजदुरी गरेर कमाएकाे पैसाले छाक टार्ने र एक जाेर परिवारकाे लुगा फेर्ने सपना बुनेर ज्याला मजदुरी गर्नेहरुले काम गर्छन ज्याला पाउदैनन । घ्युउ, सिमी र खुर्सानी बजारमा काैडिकाे भाउमा बेचेर बजारकाे सस्ताे कपडाले यहाँका स्थानियले शरीर छाेप्छन ।

 

देखाउन मिल्ने सम्म सबै माघकाे जाडाेमा पनि खुला नै हुन्छ । त्यसैमा पनि अहिलै गाउमा सिंहदरबार पठाएर चर्काे कर असुल्न थालिएकाे छ । गाँउमा सुविधा अाएर सिंहदरबारमा हुने बिकृति बरु गाउ पठाएका छाै । गाउमा पनि सिंहदरबारका सिंहहरुका सन्तान जन्माएका छाै । जे हाेस तिम्रा ठाउमा धरहरा बनाएछाै ।

 

खुसी लाग्याे । त्याे धरहराबाट कर्णाली त देखिन्न हाेला । त्यही काठ्माण्डाैकै सडकमा काेही माग्ने, खान नपाएर सडकमा भाैतारिईकाहरु, राेगि बिरामी छन भने उनीहरुलाई हेरेर मजा लिनु । हार्दिक बधाई छ काठ्माण्डाै तिमीलाई !!

 लेखक बिस्नप्रसाद न्याैपाने शिक्षा पत्रकार समूह कर्णाली प्रदेश सचिव र प्रेस युनियन कालिकाेटका अधयक्ष हुन ।

 


error: Content is protected !!