Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

कालीकाेटमा रोकिएन बिद्यालयकाे राजनीतिक गतिविधी,

कालीकोट: जिल्लाका राजनिति दलले २०७३ सालमा बिद्यालय शान्ती क्षेत्र घोाषणा गर्दा बिद्यालयमा कुनै पनि राजनिति गतिबिधि नगर्ने भनेर हस्ताक्षर ठोके ।

 

आफैले गरेको सहमती बिपरित राजनिति दलले आफ्ना संघ संगठनलाई परिचालन गरेर बिद्यालय पढ्ने वालवालिकालाई आ आफ्नो राजनिति दलमा ल्याउने अभियान नै चलाएका छन ।

 

एक हप्ता अगाडी महावै गाउँपालिकामा रहेको देव माबिमा नेकपा माओवादी केन्द्रको झण्डा राखेर बिद्यार्थीलाई लालसलाम गराएको तस्वीर सामाजिक सञ्जालमा भाईरल भएपछि समाचार समेत वन्यो ।

 

समाचार किन वनाएको भन्दै माओबादी कार्यकर्ताले पत्रकारका हातखुट्टा भाच्ने धम्की समेत दिए । प्रहरीलाई साक्षि राखेर गरिएको छलफलमा यस्ता गल्ती फेरी नदोहोराउने भनेर कागज समेत भएको छ । तर कागज भएको एक हप्ता नबित्दै फेरी उही घटना दोहोरिएको छ ।

 

कोरोनाले जोखिम वढिरहेको भन्दै बिद्यालय वन्द गर्ने तरखर हुदैछ । तर कालीकोट जिल्लाका सबै स्थानीय तहमा राजनिति दल सम्वद्ध बिद्यार्थी संगठनले भने आफ्नो संगठन बिस्तार गर्ने क्रम रोकेका छैनन ।

 

माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीले सान्नीत्रिवेणी गाउँपालिका वडा नं २ मा रहेको सरस्वती माध्यमिक बिद्यालय वुठिगेमा वल अधिकारीको अध्यक्षतामा ३५ सदस्यि संगठनको घोषणा गरेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

 

बिद्यालय सञ्चालन भएका वेला बिद्यालयमा कार्यक्रम नगर्ने बिषयमा जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा अव देखि यस्तो गल्ती नदोहोराउने भनि कागज समेत गरिएको छ । तर कागज गरेको सुक्न नपाउदै फेरी वालवालिका लाई राजनितिमा तान्ने अभियान जारी रहेको छ ।

 


error: Content is protected !!