Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

पलाँतामा १५ बेडको सरुवारोग शाखा स्थापना

कालिकोट।  जिल्लाको पलाँता गाउँपालिकामा रहेको पलाँता अस्पतालले १५ बेटको सरुवारोग शाखा स्थापना गरी शनिबार देखि सेवा सञ्चालनमा ल्याएको छ।

 

अस्पतालमा ११ जना स्वास्थ्यकर्मी र चिकित्सकको निरन्तर निगरानी रहने गरी उक्त सेवा सुचारु गरिएको हो।

अस्पतालमा अक्सिजन सहितको ब्यबस्थापन गरिएकाे र आवश्यक परे बजेट थप गर्नेगरी अस्पताल सञ्चालनमा अाएकाे र  पँलाता बासीलाई उपचारको अभाव महशुस हुन नदिने पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताए।


error: Content is protected !!