Loading... आजः १६ चैत्र २०८०, शुक्रबार

कालीकोटमा  एक हप्तासम्म निषेधाज्ञा

कालिकोट । आजदेखि एकहप्ता सम्मको लागी कालिकोटमा निषेधाज्ञ जारी गरीएको छ ।

 

विश्वभर फैलिरहेको नयाँ भेरियन्टको कोरोना भाईरस कोभिड–१९ महामारीको संक्रमण नेपालमा समेत फैलिरहेको र कालिकोट जिल्लामा पनि केहि दिन यता जिल्लाका सबै पालिकाहरुमा यसको संक्रमण फैलिरहेको हुँदा नागरिकको जिवन क्रष्टकर हुनसक्ने अबस्था देखिने हुँदा उक्त संक्रमण समुदाय स्तरमा फैलिन बाट रोक्न निषेधाज्ञ जारी गरीएको हो ।

 

 

आईतबारको निर्णय अनुसार संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोजन गरी १९ गते आईतबार राती १२ः०० बजेदेखी बैशाख २६ गते राती १२ः०० बजेसम्म कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको पुरै भाग र दहिखोला देखि नाग्मगाड,नाग्म बजार क्षेत्रसम्मको कर्णाली राजमार्गको दायाँ बायाँ ५०० मिटर क्षेत्रसम्म आवगमन निषेध गर्ने गरी निषेधात्मक आदेश जारी गरीएको छ ।

 

 

आदेशको पालना गर्नु र गराउन सबै ब्यक्ति,संघ,संस्था,पेशाकर्मी,उद्योगी,ब्यवसायी,संचारकर्मीतथा आम नागरीकको कर्तब्य हुने र आदेशको उल्लघन गरेमा प्रचलीत कानुन बमोजिम कारबाही हुने ब्यहोेरा समेत सम्बन्धित सबैमा आग्रह समेत गराइएको छ ।

 

 

प्रमुख जिल्ला अधिकारीबाट जारि गरेको आदेशमा भनिएको छ,कार्यालय संञ्चालन सम्बन्धमा अत्यावश्यक बाहेकका सबै सार्बजनिक सेवा हाल लाई बन्द गर्ने र बैंक तथा बित्तिय संस्थाहरुले आफ्नो कार्यालय र कर्मचारीको अबस्था हेरी समय तोकी अत्यावश्यक सेवा संचालन गर्ने प्रमुख जिल्ला अधिकारीबाट जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।