Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

बैशाख २१ गतेबाट दैलेखमा निषेधाज्ञा

दैलेख ः दैलेखमा बैशाख २१ गते देखि निषेधाज्ञा जारी गरिएको छ ।

 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण र सोको नयाँ भेरियन्ट नेपालमा फैलिएको र पछिल्ला दिनहरुमा दैलेख जिल्लामा  संक्रमण तीव्र रुपमा बढिरहेको हुँदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारीगरीएको  हो।

 

संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गर्नेगरी कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र, डिसीएमसी निर्णय अनुसार बैशाख २१ गते राति १२ बजे देखि लागु हुने गरी १ हप्ता निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुलेलले बताए ।

 

दैलेख जिल्लाभर लागू हुने गरी अत्यावश्यक सेवा  बाहेक अन्य सबै प्रकारका सेवा, निषेध गर्ने बताईएको छ।

 


error: Content is protected !!