Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

कोभिड-१९महामारीमा जुट्न कांग्रेसनेता शाहीको अपिल

कालिकोट- जिल्लाका सबै स्थानीय तहमा तीब्र रुपमा कोरोनाको संक्रमण दिन प्रतिदिन बढिरहेको छ कोरोना भाईसर कोभिड-१९बाट सबै सुरक्षीत रही नेपाली कांग्रेसका सम्पुर्ण नेता कार्यकर्तालाई स्वयंसेवी भुमिका निर्वाह गर्न नेपाली कांग्रेस सहसचिव एंब प्रदेश (ख)सभापति दमन शाहिले अपिल गरेका छन् ।

 

आ-आफ्नो गाउँ,टोल,समाजमा आफु सुरक्षीत भएर कोरोना नियन्त्रणमा खटिन नेतालाई आवान गरिएको हो।सरकारले जति गर्नु पर्ने थियो तेती गर्न सकेको छैन राजनीति दल, पत्रकारले बारम्बार ध्यानाकर्षण गराउदा पनि स्थानीय सरकारहरु गम्भीर हुन नसक्दा यो स्थिति आएको  बताए।

 

स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,स्वयंसेवि,पत्रकार सबैलाई उच्च सम्मान गर्दै स्थानिय र प्रदेश सरकारले नागरिकको स्वास्थ्य सुरक्षा दिन आबस्यक स्वास्थ्य सामाग्रीको उचित ब्यबस्था तत्काल गर्न र श्रम गरेर जिबिकोपार्जन गर्ने नागरिकलाइ खान समस्या आउन सक्छ समयमै सरकार सचेत हुन जरुरि भएको हुदा  सरकार पक्षको ध्यानाकर्षण गरेको नेता शाहीकाे भनाई छ ।


error: Content is protected !!