Loading... आजः २९ पुष २०८२, मंगलवार

जन्मदिनमा गाउँपालिकालाई स्टेचर

कालिकोट । पत्रकार पुष्पराज भट्टराईले आफ्नो जन्मदिनको अवसरमा महावै गाउँपालिकालाई स्टेचर सहयोग गरेका छन् । आफ्नो जन्मदिनको अवसरमा पत्रकार भट्टराईले सडक संजालले नजोडिएको महाँवै माउँपालिकाका ७ वटा वडालाई ७ वटा स्टेचर सहयोग गरेका हुन् ।
सामुदायिक रेडियो मालिका एफएमका कार्यक्रम संयोजक भट्टराईले महावै गाउँपालिकाका कर्मचारी खाम्मबहादुर सिंहलाई एक कार्यक्रमका बीच स्टेचर हस्तान्तरण गरेका हुन् । भदौ १ गते भएको महावै गाउँपालिकाको सार्वजनिक सुनुवाईमा एकजना स्वास्थ्यकर्मीले आफ्नो वडामा स्टेचर समेत नभएको भनि प्रश्न राखेपछि भट्टराई आफ्नो जन्मदिनमा हुने फजुल खर्च कटाएर स्टेचर वितरण गरेको बताए । भट्टराईले आफ्नो जन्मदिनको अवसरमा ४० हजार २ सयको लागतमा ७ वटा स्टेचर सहयोग गरेहका हुन । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं ख का क्षेत्रीय सभापति दमनबहादुर शाही, सामुदायीक रेडियाृ मालिका एफएमका अध्यष मीनबहादुर बोगटी, प्रेस संगठन नेपाल केन्द्रीय सदस्य कालीबहादुर मल्ल, जिल्ला अध्यक्ष भरतराज विष्ट लगायतको उपस्थिति रहेको थियो ।