Loading... आजः ३१ बैशाख २०७८, शुक्रबार

खाँडाचक्र नगरपालिकाले गर्‍याे ४०बेडकाे आइसोलेशन वार्ड तयारी

ललित बिष्ट मान्म- कालीकाेट जिल्लाकाे खाँडाचक्र नगरपालिकाले ४०बेडकाे  आइसोलेशन वार्ड तयार गरेकाे छ ।

खाँडाचक्र नगरपालिकाकाे अार्थिक सहयोग र स्वास्थ्य सेवा कार्यलयकाे बेड सहयोगमा काेराेना संक्रमितहरूका लागि छुट्टै ४० बेडकाे आइसोलेशन वार्ड  मान्मकाे कबड् हलमा तयार गरीएकाे हाे।

काेराेना संक्रमित भएर अक्सिजन दिनुपर्नेहरूका लागि ४० बेडकाे आईसाेलेसन तयारी गरेकाे र पछि अक्सिजन पनि ,राख्ने  तयारी भईरहेकाे नगरपालिका  प्रमुख जसिप्रसाद पाण्डेले  बताए ।

दिन प्रतिदिन काेराेना संक्रमण बढ्द‌ै गईरहेकाेबेला खाँडाचक्र नगरपालिकामा आइसोलेशन वार्ड पुर्व तयारी अवस्थामा  रहेकाे स्वास्थ्य  संयोजक रबिन्द सेजुवाले बताए ।

नगरपालिका भित्रका  नागरिकलाई काेराेना भाईसर काेभिड-१९ संक्रमित देखिन सक्ने भन्दै ४०बेडकाे आइसोलेशन वार्ड तयारी गरेकाे नगरपालिकाले जनाएको  छ।


error: Content is protected !!