Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

पलाताँको बिकाशमा अध्यक्ष बम सड्क निर्माणलाई प्राथमिक्ता

कालीकोट-जिल्लाको पलाताँ गाउँपालिकाले सड्क निर्माणलाई प्राथमिक्ता दिएको छ।गाउँपालिकाले पलाताँका हरेक बस्तीमा ग्रामिण सड्कको निर्माणकार्य सुरुगरी सड्क निर्माणलाई प्राथमिक्ता दिएको हो।

 

पलाँता गाउपालिकाको वडानं. ९ थिर्पु देखि ५ किलोमिटर टाढा वडानं. ८ मा रहेको खिर्पिमा सरुवारोग अस्पताल निर्माण गरिएको थियो। सो क्षेत्रमा सडक नपुगेका कारण बिरामिहरुलाई सहज रुपमा पलाँता यातायाताद्धारा आवतजावत गर्न सजिलो होस भन्ने उद्धेश्यले गाउपालिकाका अध्यक्ष लक्षमणबहादुर बमले आफै खटिएर बिहानै देखि सड्क निर्माण गरि सरुवारोग अस्पतालमा सड्क पुर्याइएको गाउपालिका अध्यक्ष बमले बताउनु भयो ।

 

 

अध्यक्ष बमले भन्नु भयो एक गाउबाट अर्को गाउमा जान पलाँता बासिहरुलाई सहज होस भन्ने उद्धेश्यले प्रत्येक टोलमा ग्रामिण सडक खण्डको निर्माण कार्य सुरु गरेका छौ ।

 

शनिवार मात्र पलाँता गाउपालिकाको साविक को धौलागोह गाविसमा पर्ने थाडी ढकेना मिजुबाडा हुँदै राडुनेटा जोड्ने ग्रामिण सडक खण्डको सिलन्यास गर्दै आफनो कार्यकालमा पलाँताबासिको घरदैलोमा गाडि पुर्याउने प्रतिबद्धता गरेको बताउनु भयो ।