Loading... आजः १२ श्रावण २०७८, मंगलवार

नेकपा एमालेको पक्षमा छु मन्नी दलरावल

ललित बष्टि कालिकोट- पुर्व मन्त्री दल रावलले आफु नेकपा एमालेको पक्षमा रहेको जानकारी दिएका छन् । कार्णाली प्रदेशका पुर्व  सामाजिक विकास मन्त्री समेत रहेका दलरावलले फेसबुकमा स्टाटस राख्दै आफु गौरबशाली पार्टी नेकपा(एमाले)को पक्षमा रहेको बताएका हुन्।

 

फेसबुकमा स्टाटस

कमरेडहरु मलाई पनि सम्झनुभएकोमा धन्यवाद । म नेकपा(एमाले) एकताबद्व रहोस भनी निरन्तर पहल र प्रयास गर्ने एक कार्यकर्ता हु । तर यसलाई कमरेडहरुले समानन्तर गतिविधिमा लागेको जसरि वुझेर वा यसलाई कमजोरी ठानेर मेरो कुनै सहमति बिना प्रदेश तथा जिल्ला कमिटीमा राखेको भनी सामाजिक संजालमा पोस्ट भएको थाहापाए । यसबाट म आश्चर्यचकित भएको छु।

 

म कुनै पनि समानान्तर गतिविधि वा कमिटीमा नभै हाम्रो गौरबशाली पार्टी नेकपा(एमाले) मा रहेको जानकारी गराउदछु। यसबाट कोहि भ्रमित नहुन पनि आग्रह गर्नचाहन्छु।साथै नेकपा(एमाले) का सम्पुर्ण नेता, कार्यकर्ता तथा सुभचिन्तकहरुलाई कोहि कसैको लहिलहिमा नलागी नेपाली जनताको प्यारो पार्टी नेकपा(एमाले)मा लामबद्द हुन हार्दिक अनुरोध गर्द्छु।

 

 

पार्टी भित्र रहेकोे केही असहमति र अन्तरसंघर्षलाई उचित ब्यबस्थापन गरि पार्टीलाई गतिशील बनाउनुको सट्टा पार्टीलाई कमजोर बनाउने आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारलाई बिस्थापित गरि युगखाने संभावना भएका आदरणीय कमरेडहरु छाक खानेू बाटोमा नलाग्न समेत सादर अनुरोध गर्दछु ।

 


error: Content is protected !!