ओली–नेपाल बार्ता सकियो, यस्तो सहमति
काठमाडौं, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।
बुढानिलकण्ठ नगरपालिकाको चपलीस्थित मिडिया उद्यमी तथा ब्यवसायी क्याप्टेन रामेश्वर थापाको घरमा अध्यक्ष ओली र नेपालबीच आज लामो छलफल भएको हो । नेताद्वयबीचको भेटवार्ता केही बेरअघि सकिएको हो ।
नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेका बेला अध्यक्ष ओली र नेपालबीच भेटवार्तालाई चासोका साथ हेरिएको छ । भेटवार्तामा के सहमति भयो भन्नेबारे भने खुल्न बाँकी छ । यद्यपी नेता नेपालको प्रतिक्रियाले बार्ता फलदायी बनेको देखिएको छ ।
बार्तापछि नेता नेपालले राजीनामा टरेको संकेत गर्नुभएको छ । ‘राजीनामा दुई/चार दिनलाई टर्यो, कार्यदल बन्छ,’ अध्यक्ष ओलीसँगको बार्तापछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग नेता नेपालको भानई थियो ।
ई-कर्णाली खबर
३० बैशाख २०७८, बिहीबार १२:४०