Loading... आजः ६ असार २०७८, आईतवार

पार्टीको कारबाही फिर्ता भए पनि अनेरास्ववियुको कारबाही फिर्ता हुँदैनःऐन महर

काठमाडौं,  नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष ऐन महरले पार्टीको कारबाही फिर्ता भए पनि अनेरास्ववियुको कारबाही फिर्ता हुने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

 

आज बसेको एमाले स्थायी कमिटीले माधव नेपालसहित चार नेतामाथिको कार्वाही फिर्ता लिएलगत्तै सामाजिक सञ्जालमार्फत महरले यस्तो घोषणा गर्नुभएको हो ।

 

‘पार्टीको कारबाही फिर्ता भए पनि अनेरास्ववियुको कारबाही फिर्ताको कुनै सम्भावना छैन,’ अध्यक्ष महरले भन्नुभएको छ ।

 

केही महिनाअघि अनेरास्ववियुले निवर्तमान सचिवहरू सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो । संगठनको हितविपरित गतिविधि गरेपछि तीन जनालाई निष्कासन गरिएको थियो ।


error: Content is protected !!