Loading... आजः २ बैशाख २०८१, आईतवार

प्राकृतिक अक्सिजनको तयारी गर्दे पलाँता

कालीकोट-पालाँता गाउँपालिका कोभिड १९ कोरोना भाइरस नियन्त्रणका लागी तिर्बतयारी तथा ब्यबस्थापनमा जुटेको छ ।

 

पलाँता गाउँपालिकाले सरुवा रोग अस्पताल संञ्चालनमा ल्याएको छ भने गाउँपालिकाका तीन वटा गाडि जितेगढा बाट बाहिर जिल्ला, घाटाचौर देखि लालिघाटसम्म,पालिका भित्र अक्सिजन जोडेर बिरामि बोक्न प्रयोग गर्ने गरि ब्यबस्थापन गरेको अध्यक्ष बमले बताउनु भयो ।

 

यस्तै कर्मचारी लाइ हौसला दिनकालागी स्वास्थ्यकर्मी र नियन्त्रणमा खटिने सुरक्षाकर्मि र स्यमसेबकको खटिएको दिनमा दैनिक खाना खर्च पाँचसय दिने ब्यबस्था गरेको छ ।

 

सरकारले लक्षण देखिएका नागरिकलाई गाउँमै गएर ईन्टिजेन्ट किटबाट कोराना चेक गर्ने गरि काम अगाढि बढेको अध्यक्ष बमले बताउनु भयो ।

 

अध्यक्ष बमका अनुसार स्वास्थ्य संस्थाँ र पालिकामा रहेका कार्यालय वरी पोरी बृक्षारोपण गरेर दिगो प्राकृतिक अक्सिजनको तयारीमा लागेको बताउनु भयो ।