Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

कालीकोटमा अक्सिजनको अभाव बिरामीलाई अन्यत्र रिफर गर्न समस्या

कालीकोटः जिल्लामा पछिल्लो समय अक्सिजनको अभाव हुन थालेको छ ।कालीकोटको सदरमुकाम मान्म लगायतका स्थानीय तहमा रहेका स्वास्थ्य चौकीहरुमा पनि अक्सिजन नभएपछि जिल्लामा नै अक्सिजनको अभाव हुन थालेको हो ।

 

अहिले नयाँ भेरियन्ट सहितको कोरोना भाईरस कोभिड (१९) को संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि जिल्लामा अक्सिजनको अभाव भएको छ । अहिले कोरोना संक्रमितको उपचारका लागि अत्यावश्यक भइरहेको अवस्थामा जिल्लामा अक्सिजनको अभाव देखिएको हो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख कटकबहादुर महतका अनुसार अहिले जिल्लामा नै अक्सिजनको अभाव देखिएको छ ।

 

स्वास्थ्य सेवा कार्यालय कालीकोटमा ६७ थान र अन्य स्थानीय तहमा ३७ थान मात्र अक्सिजन सिलिन्डर रहेको जानकारी दिए । उनले भने, ‘जिल्ला भरी १ सय ४ थान मात्र अक्सिजन सिलिन्डर छ अहिले स्वास्थ्य सेवा कार्यालयमा १० थान बाकी छ । प्रत्येक दिन ९ जना विरामीलाई अक्सिजन दिनुपरिरहेको छ ।’ अवको केही दिनमा अक्सिजनको चरम अभाव हुने छ ।

सिलिन्डर खरिद गर्न पनि अहिले मुस्किल भइसकेको महतको भनाई छ । उनले भने, ‘अक्सिजन आपूति भएन विरामी थपिदै गएभने सीमित शैयामामात्र विरामीको उपचार गर्नुपर्ने हुनसक्छ ।’ सरकारले कुनै पनि अस्पतालमा अक्सिजन अभाव नहुने जनाए पनि कालीकोटलगायत देशभर अक्सिजनको चर्को अभाव देखिएको छ ।  ईकर्णाली पार्टीबाट साभार