Loading... आजः ६ असार २०७८, आईतवार

राष्ट्रिय युवासंघ नेपाल कालीकाेटले गर्‍याे  हेल्प डेस्क स्थापना

कालिकोट — कााेभिड-१९रोकथाम तथा नियन्त्रण गर्नका लागी राष्ट्रिय युवासंघ नेपाल कालीकोटले सदरमुकाम मान्मको जिरोपईन्टमा हेल्प डेस्क स्थापना गरेको छ ।

कोरोना भाईरस (कोभिड १९) महामारीको दोस्रो लहर सुरु भए पछि संक्रमण तिब्र रुपमा फैलिए संगै अस्पताल आउने बिरामिलाई मास्क प्रयाेगमा ध्यान दिन र काेराेना भाईसरकाे असरबाट  बच्ने तरिका बारे जानकारी गराउने उद्देश्यले हेल्प डेस्क स्थापना गरेको हाे।

राष्ट्रिय युवासंघ नेपालका जिल्ला सह संयोजक ज्ञानेन्द्रजंग शाही र केन्द्रिय सदस्य जनकबहादुर शाहीको पहलमा हेल्प डेस्क स्थापना गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) का कर्णाली प्रदेश कमिटी सदस्य तथा खाँडाचक्र नगरपालिका मेयर जसिप्रसाद पाण्डेले स्वास्थ्य सामाग्री हेल्प डेस्कलाई हस्तान्तरण गरि उक्त हेल्प डेस्ककाे उद्घाटन गरेका छ।

कार्यक्रममायुवा संघका केन्द्रिय सदस्य जनकबहादुर शाही प्रेस चौतारीका नेपालका नेता डिल्लीप्रसाद चौलगाँई,नेता रमेश नेपाली लगाएतको सहभागिता रहेको थियो ।
राष्ट्रिय युवासंघ नेपाल नेकपा एमाले निकट भातृसंगठन हो ।


error: Content is protected !!