Loading... आजः ६ बैशाख २०८१, बिहीबार

पल शाह कालिकोट स्वास्थ्य सामग्री र अक्सिजिन सिलिन्डर सहयोग

कालीकोट : नेपाली चलचित्र क्षेत्रका नायक पल शाह र हाम्रो टिम नेपालले कालिकोटलाई कोभिड प्रतिकार्यका लागी स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् ।

पहिलो लहरमा सुरु भएको कोभिडका वेला पनी कालिकोटमै पुगेर खाध्यान्न सहयोग गरेका नायक पल शाह र  हाम्रो टिम नेपालले फेरि  पनी कालिकोटमै पुगेर कोभिड अस्पताललाई १० वटा अक्सिजिन सिलिन्डर र  स्वास्थ्य सामग्री   सहयोग गरेका हुन् ।

बुधबार जिल्ला अस्पताल मान्ममा पुगेर स्वास्थ सेवा कार्यालयका नि. स्वास्थ्य सेवा व्यवस्थापक कटक महतलाई स्वास्थ्य सामग्री औषधी  हस्तान्तरण गरेकाे  र कोभिड अस्पतालमा पुगेर १२ वटा अक्सिजन सिलिन्डर सहित कोभिड प्रतिकार्यका लागी आवश्यक स्वास्थ्य सुरक्षा साम्रगी पनि सहयोग गरेको हाम्रो टिम नेपालका मिलन कुमार बाेगटीले जानकारी दिनुभयो  ।

पल शाहा र हाम्रो टिम नेपालले दुःखमा परेका  नागरिकलाई बचाउन र  अक्सिजन अभाव भएको ठाउँका बिरामीलाई अक्सिजन  सिलिन्डर पुगाउन  सहयोग  गर्दै कालिकोट पुगेको  पल शाहाले बताउनुभयो ।

कर्णाली प्रदेश समाज कान्तो (टोकियो) जापान, पर्थ नेपाल अर्गनाईजेशन टिम अष्ट्रेलिया, हाम्रो टिम नेपाल र टिम पल शाहको सहयोग सहकार्यमा कालिकोटकोमा औषधी सहित स्वास्थ्य सामाग्री वितरण गरेको हुन।

मंगलबार मात्र सुर्खेतको बादी बस्ती,दैलेखको तल्लो डुङ्गेश्वोरमा पनि खाद्यन्न तथा कोभिड १९ बिरुद्धका सामाग्री सहयोग गरेका थिए उनिहरुको टिम आज रास्कोट जाने बताएको छ।