Loading... आजः ८ बैशाख २०८१, शनिबार

बाढि पहिराेबाट सजक रहन अध्यक्ष बमकाे आग्रह

कालिकोट- निरन्तरकाे वर्षाले निम्त्याउने बाढि पहिराे जस्ता विपदबाट सजक रहन नागरिकलाई पलाँता सरकारले आग्रह गरेकाे छ ।

 

निरन्तरकाे वर्षाले देशकाे सिन्धुपाल्चोक लगायतका जिल्लामा बाढि पहिराेले बस्तिनै डुवानमा परि संयाैकाे ज्यान गईसकेकाे र बेपत्ता पारेकाे बन्दै , कालिकोटमा पनि बाढि पहिराे र ढुंगा खस्ने जस्ता जाेखिम रहेकाले सवैलाइ सतर्कता अपनाउन अनुराेध गरेकाे हो।

 

खाेला,नदि किनार जस्ताे जाेखिममा वसाेवास गरिरहेका नागरिकहरूलाई  सजक रहन आग्रह गरिएकाे छ ।यदि जाेखिम हुन सक्ने भएमा नजिकैकाे प्रहरी चाैकि वा वडा सरकार संग सम्पर्क गरि सुरक्षित स्थानमा राख्न पालिका सरकार तयार रहेकाे पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण मबले जानकारी दिनुभयो।