Loading... आजः १२ श्रावण २०७८, मंगलवार

सशस्त्र प्रहरी बलद्वारा रगत दान

मान्म: कालिकोट जिल्लामा सशस्त्र प्रहरी बलका जवानले रगत दान गरेका छन्।

 

जिल्ला अस्पताल कालिकोटमा रगतको अभाव हुदा सशस्त्र प्रहरी बलका जवानले बिरामीलाई मिल्ने समुहको रगत दान गरेका हुन्।

 

 

बुधबार राति १२ बजे तिर जिल्ला अस्पतालमा रगतकाे अभाव भएको रहे छ,  जिल्ला अस्पताल कालिकोटबाट नि.स्वास्थ सेवा व्यवस्थापक कटक महतले फाेन गरेर रगत अभाव भएको सुनाउनु भयो,लगत्तै हाम्रो  प्रहरी जवानलाई रगत दानकाे लागि जिल्ला अस्पताल पठाए र रगत दान गर्नलगाएको डिएसपी रामबहादुर पाली बाेगटिले बताउनुभयो ।

 

रातिकाे समयमा भएपनि बिरामीलागि केही पईन्ट रगत दानगर्न पाउँदा आफू खुसी भएको सशस्त्र प्रहरीबलका जवान नवीन घर्तिले बताउनु भयो ।

 

रास्काेटका एक महिला बिरामीलाई रगत अभाव भएकाे खबर पाए पछि बिरामीको ज्यान बचाउन सकिन्छ,की भनेर दुई जनाले मिल्ने ग्रुपकाे रगत दान गरेको अरुण धरकटुवाले जानकारी दिनुभयो ।

 

कालिकोट जिल्ला अस्पताललाई सुरक्षाकर्मी र स्वास्थ्य कर्मीले गरि यो वर्षमा दुई सय जनाले रगत दान गरी सकेको जिल्ला अस्पताल कालिकोटले जनाएकाे छ।

 

रातिकाे समयमा रगत दान गरेको भन्दै स्वास्थ कार्यलय कालीकाेटका नि.स्वास्थ सेवा व्यवस्थापक कटक महतले धन्यवाद दिनुभएको छ।

 

 


error: Content is protected !!