Loading... आजः १२ श्रावण २०७८, मंगलवार

झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख

 पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको बुझिएको छ । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको फोक्सोमा पानी जमेको र त्यसको उपचार भइरहेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार खनाल स्वास्थ्यलाभ गर्ने क्रममा छन् । उनको आत्मबल पनि बढ्दै गएको छ ।

खनालको स्वास्थ्यको परीक्षणहरु भइरहेको र रिपोर्टका आधारमा चिकित्सकले उपचारलाई गति दिएका छन् । लगभग समस्याहरु पत्ता लागिसकेको र त्यसैका आधारमा उपचार बढाइएकोले उनको स्वास्थ्यमा सुधार देखिनथालेको बुझिएको छ ।

मृगौलालगायत शरीरका विभिन्न अङ्गहरुमा समस्या भएपछि चिकित्सकको परामर्शमा खनाल नयाँ दिल्लीमा उपचारका लागि गएका हुन् । उनले विगतमा पनि एपोलो अस्पतालमै उपचार गरेका थिए । गत माघमा एपोलोमा उनको मृगौलामा समस्या देखिएको थियो ।

खनालको शरीरको माथिल्लो भाग हल्लने पुरानै समस्या हो । उनले केही समययता सक्रियता बढाइरहेका थिए ।


error: Content is protected !!