Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा अक्सिजन मेसिन सहयोग

कालिकोट- चिनियाँ कम्युनिष्ट पार्टीले कालिकोट जिल्ला अस्पताललाई २२ लाख ८० हजार मूल्य बराबरको हाइड्रोजन अक्सिजन मेसिन सहयोग गरेको छ ।

 

नेपाल मजदुर किसान पार्टी नेमकिपाले चिनियाँ कम्युनिष्ट पार्टीले नेपालमा दिएको स्वास्थ्य सामग्री अन्तर्गत हाइड्रोजन अक्सिजन मेसिन र दुई हजार के एन नाइन्टि फाइप माक्स ६ लाख रुपैयाँको गरी करिब २८ लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री जिल्ला अस्पताल कालिकोटलाई हस्तान्तरण गरेको हो ।

 

 

नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त स्वास्थ्य व्यवस्थापक कटक महतलाई शनिबार एक कार्यक्रमकाबीच उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

 

हस्तान्तरण कार्यक्रममा बोल्दै नेमकिपाका केन्द्रीय सचिव सुवालले चिनियाँ कम्युनिष्ट विचार र समाजवादको बाटो तिर आफ्नो पार्टी मात्र लागेको भन्दै आफ्नो पार्टी जहिले पनि गरिब जनताको साथमा रहेको बताए । साथै सचिव सुवालले आगामी दिनमा पनि आफू र आफ्नो पार्टी जनताकै साथमा रहेको बताए ।

 

कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले अहिले आफ्नो पार्टी सरकारमा नरहेपनि जनताको साथमा रहेको बताए । केन्द्रीय सदस्य शाहीले पार्टी स्वास्थ्य सामग्री हस्तान्तरणमा मात्र नभइ नेपालमा भैरहेको घुसखोरी, कमिसन तन्त्रको भन्डाफोर अभियानमा रहेको बताउँदै नेपालका सिमा कालापानी, लिम्पियाधुरा, लिपुलेक जस्ता नेपालका सिमा रक्षाको लागि सँधै लागि रहेको बताए ।

 

 

कार्यक्रममा कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जिल्ला स्वास्थ्य कार्यालयका डाक्टर, कर्मचारी, नेपाल मजदुर किसान पार्टीका जिल्ला सचिव खड्कराज शाही, नेता धनन्जय अधिकारी, पत्रकार लगायतका कालिकोट जिल्लास्थित सरोकारवालाको सहभागीता रहेको थियो ।