Loading... आजः २ बैशाख २०८१, आईतवार

पूर्व मन्त्री बिष्टको मुत्यु

कोरोना संक्रमण भएपछि गत जेठ १६ गते उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा उपचार सुरुवात गरिएको थियो । बिष्टको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जेठ २६ गतेदेखि काठमाडौं स्थित मेडिसिटी हस्पिटलमा उपचार भैरहेको थियो । उपचारका क्रममा आज विहान ५ बजे निधन भएको बिष्टका भाइ दल बिष्टले जानकारी दिए ।

 

पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय बिष्ट पूर्व संविधान सभा सदस्य हुदै राज्यमन्त्री भएका थिए । २०४६ साल पहिले प्रतिबन्धित नेपाली काँग्रेसका सदस्य रहेका बिष्ट २०४९ सालमा जिल्ला विकास समिति सुर्खेतको उपसभापति बनेका थिए ।

 

बिष्ट नेपाली काँग्रेस सुर्खेतका २० वर्षसम्म नेपाली काँग्रेस सुर्खेतकाे पार्टी सभापति बनेर नेतृत्व सम्हालेका थिए ।उनि सुर्खेत पश्चिम क्षेत्रका निडर प्रभावशाली नेताका रूपमा स्थापित थिए ।