Loading... आजः १२ श्रावण २०७८, मंगलवार

कालीकोटकी चेली सुनिता सम्मानित

कालीकोट । कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं ४ की सुनिता सहकारी समानित हुनु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालको आइसीयूमा कार्यरत स्टाफ नर्स सुनिता साहकारीलाई यसबर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको हो ।

 

जननेता मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा सोमबार मदन भण्डारी फाउण्डेशनद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरुस्कार प्रदान गर्नुभयो ।

 

मदन भण्डारी फाउण्डेशनले कोभिडबिरुद्ध खटिएका दुई जना फ्रन्टलाइनरलाई सम्मान दिने क्रममा कालीकोट नरहरीनाथ गाउँपालिका ४ की सुनिता साहकारी पनि छनौट हुनु भएको थियो । अस्पतालका मेडिकल सुपरटेन्डेन डा प्रकाश थापाले सुनिता सम्मानित हुने खवर चार दिन अगाडी प्राप्त भएको वताउनुभयो ।

 

फाउण्डेशनले एक लाख राशीको सो पुरस्कार नर्स सहकारी सँगै नेपाल एम्बुलेन्स सर्भिस कीर्तिपुर स्टेशनका एम्बुलेन्स चालक बोमबहादुर गुरुङलाई पनि प्रदान गरेको छ । फाउन्डेशनका सचिव पेम्वा लामाले सो पुरुस्कार यो वर्ष जननेता मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्तीको स्टाप नर्स र चालकलाई प्रदान गरेको वताउनुभयो ।

 

समाजमा सकारात्मक योगदान प्रदान गर्ने विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्ति वा संस्थाहरुलाई प्रदान गरिदै आएको यो पुरस्कार यसअघि हाँस्य कलाकार महजोडी मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य, मुटुरोग विशेषज्ञ डा भगवान कोइराला र सामाजिक अभियन्ता महावीर पुन, धुर्मुस सुन्तली फाउन्डेशन, प्राडा सुवोध शर्मालाई प्रदान गरिएको थियो ।

 

सम्मानपत्र सहित एक लाख धनराशीको पुरस्कार पाउने स्टाफ नर्स सहकारी नरहरीनाथ गाँउपालिका ४ कालीकोट निवासी हुनुहुन्छ । उहाँ २०७६ चैत १६ देखि करारमा नियुक्ती लिई भेरी अस्पतालमा कोभिड आइसीयूमा काम गर्दै आउनुभएको छ । भेरीमा कोभिड आइसीयूमा काम गर्ने क्रममा आफै दुईपटक कोरोना सङ्क्रमित समेत हुनु भएको थियो ।

 

संक्रमितलाई बचाउन आफ्नो दुःखलाई भुलेर सुनिता सेवामा खटिदै आउनुभएको छ । सुनिताको पीडा पती गुमाएको पनि थियो । तर सबै पिडालाई भुलेर कोरोनाका बिरामीको उपचारमा निरन्तर लागेपछि आज यो सम्मानको अवसर आएको उहाँका सहपार्टीले वताएका छन ।

 

२५ वर्षीया सुनितालाई कोरोना भन्दा ठूलो बज्रपात परेको थियो । सुनिताले लाउँलाउँ–खाउँखाउँ भन्ने उमेरमा ब्लड क्यान्सरबाट गत माघमा पति गुमाउनु भएको थियो । सुनिताको विवाह भएको ८ वर्ष मात्र भएको थियो ।

 

काठमाडौंको पाटन अस्पतालमा उपचारको क्रममा पतिको मृत्युपछि उतै दाहसंस्कार गरेर कोरोनाको ‘इपिसेन्टर’ नेपालगञ्जको भेरी अस्पतालमा साहस जुटाउँदै सेवामा उहाँको खटाइले धेरैको ज्यान जोगिएको छ ।


error: Content is protected !!