Loading... आजः १२ श्रावण २०७८, मंगलवार

कालिकोटमा कांग्रेसको एकताको अधिवेशन हुन्छ–उपसभापती उपाध्याय

कालिकोट । नेपाली कांग्रेस कालिकोटका उपसभापती संकरप्रसाद उपाध्यायले कालिकोटमा कांग्रेसको ९ औँ अधिवेशन एकताको अधिवेशन हुने बताएका छन् । नेपाली कांग्रसको आशन्न ९ औ जिल्ला अधिवेशन नजीकिदै गर्दा जिल्लाको प्रदेशसभा क का सभापती समेत रहेका उपाध्यायले यस्तो बताएका हुन् ।
उनले २०४८ सालमा नेपाली कांग्रेसबाट निर्बाचित सांसद तिलक न्यौपानेको कार्यकालपछि सधै संसदिय निर्बाचनमा पराजय भएको बताउदै ३० बर्षको ईतिहास फेरी फर्काउन पाटीको ९ औ जिल्ला अधिवेशन एकताको अधिवेशनका रुपमा सम्पन्न गर्ने दाबी गरे । उनले भने, पाटी भित्रका गु र उपगुडको जिल्ला स्तरमा अन्त्य गर्नुपर्छ । केन्द्रका दाईहरुको चिन्ताले जिल्लाको राजनीति धराबमा पार्नु हुदैन् । क्षमता, सम्भावना र सक्रियताका आधारमा पाटीको जिम्मेबारी लिनुपर्छ । सबैको सम्मानजनक व्यवस्थापन पाटीमा आबश्यक छ । गाँउ गाँउबाट अधिबेशनका लागि तयारी रहेका नेता कार्यकर्ताहरुमा पनि अहिले यो बुझाई छ ।
उनले भने, नेपाली कांग्रेसका जिल्लाका संस्थापक नेतादेखी युवा पुस्ताका नेताहरु तिलक न्यौपाने, मुक्ति न्यौपाने, लम्मबहादुर शाही, बिष्णुबहादुर शाही, हर्षबहादुर शाही, नेत्रबहादुर शाही, भुपेन्द्रजंग शाही, कालीबहादुर सहकारी, हिक्मतबहादुर बिष्ट, दुर्गबहादुर शाही, लोकबहादुर शाही, लक्ष्मीप्रसाद कोईराला, टेकराज शाही, नारायणप्रसाद भट्टराई, हर्षबहादुर बम, मोतिराज बम, पदमबहादुर शाही, दानबहादुर बम, मानबहादुर रोकाया, प्रेम शाही, मनराज शाही लगायतका नेताहरुलाई सहमतिका आधारमा केन्द्रमा पठाउनुपर्छ । दमन शाही, नन्दबहादुर सिंह, नन्दबहादुर शाही, मनजित शाही, मीनबहादुर बोगटी, केशरसिंह बम, भानुभक्त संज्याल, अबराज शाही, नगेन्द्र बिष्ट, पटक शाही लगायतका नेताहरुको जिल्लामा उचित स्थान दिनुपर्छ । त्यसभन्दा युवा पुस्ताका नेताहरुलाई प्रदेश तथा पालिका कार्यसमितिमा समेट्नुपर्छ । महिलामा तारा शाह, यशोधा शाही, भद्धा शाही, जुनतारा शाही, भावना शाही, छाया सुनार लगायतकी नेतृहरुलाई केन्द्र, प्रदेश र जिल्लामा उचित स्थान दिनुपर्छ । पाटीलाई एक ढिक्का बनाएर जिल्लाभरी संगठन बिस्तारमा लाग्नुपर्छ । उनले भने, कालिकोटका २५ भोटले केन्द्रका लागि धेरै अर्थ राख्दैन् । जुन दाईलाई भोट दिएपनि हुन्छ । तर जिल्लामा आगामी स्थानिय, प्रदेश र संघिय निर्बाचनमा पाटीलाई बिजयी गराउन हामीले यस पटक साझा सोचका कारण अबिधेशनमा लाग्नु पर्छ । गुट भन्दा माथि पाटीलाई राख्न
पर्छ ।
सभापतीका आकांक्षि धेरै
नेपाली कांग्रेसको आगामी जिल्ला अबिधेशनका लागि पाटीको नेतृत्वमा जानका लागि धेरैले कसरत गरिरहेका छन् । पाटीका पाका नेतादेखी युवा पुस्ताका नेताहरु नेतृत्व आफ्नो पोल्टामा पार्ने दाउमा निकै सक्रिय छन् ।
जिल्लाको नेतृत्वका लागि नेपाली कांग्रेसको राजनीतिमा बर्षैँ लगानी गरेका अम्मबहादुर शाही र हिक्मतबहादुर बिष्ट छन् । अम्मबहादुर शाही पाटीको सातौ जिल्ला अबिधेशनमा तत्कालिन पाटी सभापती कालीबहादुर सहकारीसँग झिनो मतले पराजित उम्मेद्धार हुन भने हिक्मतबहादुर बिष्ट २०६४ सालको संबिधानसभाका प्रत्यक्ष उम्मेद्वार हुन् । उनीहरु दुवैले यस पटकको ९ औ जिल्ला अबिधेशनमा आफ्नो उम्मेद्वारी हुने बताउदै आएका छन् । पाटीमा गुटका हिसावले अम्मबहादुर शाही पौडेल र हिक्मतबहादुर बिष्ट देउवा निकट हुन् ।
यस्तै नेपाली कांग्रेसमा नेतृत्व लिनका लागि पनि युवा पुस्ताका नेताहरु पनि कडा रुपमा प्रस्तु भएका छन् । जसमा नेपाली कांग्रेसका महासमिति सदस्य मोतिराज बम, जिल्ला कार्य समितिका उपसभापती तथा प्रदेश क का सभापती संकरप्रसाद उपाध्याय, जिल्ला कार्य समितिका सहसचिव तथा प्रदेश ख का सभापती दमनबहादुर शाही, नेपाली कांग्रेसका पुर्व कोषध्यक्ष मनराज शाही लगायतका युवा नेताहरु पनि आकांक्षि छन् ।
सभापतीका युवा पुस्ताका आकांक्षिहरुमा सबै भन्दा चर्चामा दमनबहादुर शाही र संकरप्रसाद उपाध्याय छन् । जसमा दमनबहादुर शाही जिल्लामा पदाधिकारी भईसकेपछि पाटीका हरेक क्रियाकलापमा सहभागी हुने, सार्बजानिक समारोहहरुमा प्रतिनिधित्व गर्ने, जिल्लामा साझा सवालहरुमा आवाज उठाउने, पाटीले निर्देश गरेका कार्यक्रमहरु कार्यन्वयन गर्ने, गाँउ गाँउमा हुने पाटीका हरेक अभियानहरुमा सहभागी हुने हुदा कार्यकर्ता तहसम्म भिजेका छन् । यस्तै संकरप्रसाद उपाध्याय कार्यकर्ता तथा जनताका समस्यासँग साथमा रहन सधै गाँउमा बस्ने, २०७४ सालको स्थानिय तहको निर्बाचनमा तिलागुफा नगरपालिकामा पाटीको संगठन निकै कम्जोर हुँदा पनि झिनो मतले पराजित भएपनि आफु पराजित भएको नगरपालिकालाई केन्द्रमा राखेर पाटीका गतिबिधिहरु बढाउने, सधै सबैका लागि चिन्ता गर्ने, गुट भन्दा पाटीलाई महत्व दिने हुँदा उनीपनि चर्चाको शिखरमा छन् । यस्तै युवा पुस्ताका नेता मोतिराज बम, मनराज शाही पनि पाटीको नेतृत्वका लागि दरीलो रुपमा प्रस्तु भएका छन् ।


error: Content is protected !!