Loading... आजः १२ श्रावण २०७८, मंगलवार

कसरी सम्भव छ कर्णाली प्रदेशको विकास ?

प्राकृतिक स्रोतसाधनले भरिपूर्ण यस क्षेत्रलाई कठिन भौगोलिक विकटता छ भनेर दुर्गमको पगरी गुथाउँदै यथास्थितिमै कायम गराउन खोज्ने मुलुकका विज्ञहरुको भनाइलाई म सहर्ष स्वीकार्न सक्तिन । अहिलेसम्म पनि सडक सञ्जालले राम्रोसँग नजोडिएको कर्णाली प्रदेश शताब्दियाँैदेखि यही पगरीका कारण पछाडि पारिदै ल्याइएको छ । त्यसैले वास्तविक कर्णालीको विकास नहुनुको कारण स्रोतको अभावले नभई मुलकका विज्ञहरूको परिकल्पना र दुरदृष्टिको अभावका कारणले हो । यो क्षेत्रसँगको भिन्न व्यवहारका कारण अहिले कर्णाली विकट र दुर्गम भएको छ । निरीह र विचरा कर्णाली भएको छ ।

बास्तवमै भन्ने हो भने हामी कर्णालीबासीको प्रमुख आयआम्दानीको मुख्य स्रोत पशुपालन नै हो । यसै व्यवसायबाट परम्परागत रूपमा तिब्बत र नेपालका मध्य पहाडी उपत्यकाहरूसँगको व्यापार (बस्तुविनिमय) ले नै आफ्नो जीवन निर्वाह गरेका हौ तर पहाडको सामुदायिक वनको अवधारणापछि यहाँको पशुपालन गर्ने कार्यमा न्यूनता आउन पुग्यो । हाम्रा पशुले निःशुल्क चरन गर्न सक्ने अवस्था नभइसकेपछि परम्परागत हिसावले तिब्बतबाट नुन, ऊनको व्यापार र तराई पहाडबाट अनाजको व्यापार बन्द हुन गयो ।

दशकौंदेखि कर्णालीलाई मात्र सहानुभूति देखाउने नाममा बाहिरी संसारसँग निर्भरता पर्ने गरी नेपालगञ्ज र कर्णालीबाट नजिक पर्ने सहरहरूबाट हवाईजहाजद्वारा चामल उडाएर कर्णालीका जनतालाई परनिर्भरताको चरम पराकाष्ठमा पुर्याइयो । चिनोको अर्गानिक भात खाने यहाँका रैथानेलाई “चा” हराएर “मल” मात्र बाँकी रहेको चामलको भाते बानी बसालियो । ३० वर्ष यसरी चामल ढुवानी गरेर कर्णालीबासीलाई दाना छरेजस्तो गर्नुभन्दा उक्त रकम यस क्षेत्रको सडक निर्माण, सिंचाई, विद्युतीकरण, आधुनिक कृषि, पशुपालन, पर्यटन, जडिबुटी आदिमा लगानी गरिदिएको भए सायद आजसम्म कर्णालीको उच्चस्तरीय उत्पादनले सम्पूर्ण नेपाललाई पाल्ने सामथ्र्य राख्थ्यो होला । बास्तवमै भन्ने हो भने हामी कर्णालीबासीको प्रमुख आयआम्दानीको मुख्य स्रोत पशुपालन नै हो । यसै व्यवसायबाट परम्परागत रूपमा तिब्बत र नेपालका मध्य पहाडी उपत्यकाहरूसँगको व्यापार (बस्तुविनिमय) ले नै आफ्नो जीवन निर्वाह गरेका हौ तर पहाडको सामुदायिक वनको अवधारणापछि यहाँको पशुपालन गर्ने कार्यमा न्यूनता आउन पुग्यो । हाम्रा पशुले निःशुल्क चरन गर्न सक्ने अवस्था नभइसकेपछि परम्परागत हिसावले तिब्बतबाट नुन, ऊनको व्यापार र तराई पहाडबाट अनाजको व्यापार बन्द हुन गयो । त्यसपछि कर्णालवासी जुन व्यवसायले जीवन धानिरहेका थिए त्यसमा ठुलो बाधा पुग्यो । सशस्त्र द्वन्द्वले त झन् कर्णालीबासीको व्यवसाय र रहनसहनलाई नै असहज बनाइदियो ।

 

 

कर्णालीभन्दा धेरै टाढाको काठमाडौंमा बसेर कर्णालीको विकासे योजना गर्ने योजनाकारहरूको कर्णालीबारे कि विस्तृत बुझाइ नभएको हो या त यहाँको समस्याबारे गहिरिएर ध्यान नदिएको हो या बुझ्ने चाहना नै नराखेको हो । के हो ? फलस्वरूप यहाँको विकासले चाहिने जति गति लिन सकेन । अर्कोतिर विदेशी दाताले केही गर्ने इच्छा प्रकट गरे पनि कर्णालीका कठ्याङ्ग्रिदा हिउँद, अव्यवस्थित हवाईजहाज उडान र सबै चीजको अभावै अभाव देखेपछि आफ्नो विचार परिवर्तन गरिहाल्ने उनीहरुको प्रवृत्ति पाइयो । परियोजनाभन्दा ढुवानी खर्च नै बढी हुने देखेपछि दाताहरू कोही पनि यहाँको विकासे कामका लागि सहमत हुन सकेनन् । यसरी सबै पक्षबाट बेवास्ता भएपछि कर्णाली गरीबमाथि गरीब बन्दै गयो । राज्य पक्षको हेपाहा दृष्टिका कारण नै हो कर्णाली गरीब भएको । यहाँ प्राकृतिक स्रोत र साधन नभएर पक्कै होइन ।

 

कच्चा पदार्थको कमीले पनि होइन । कर्णाली प्रदेशमा अत्यन्तै मूल्यवान हाम्रा प्राकृतिक सम्पत्ति छन् । मूल्यवान हिमालयन काठ, दाउराको स्रोत, जलविद्युत, पर्यापर्यटन, जैविक विविधता र प्रचुर मात्रामा जडीबुटी छन् । त्यसकारण हामीलाई चीनको सीमा र भारतको सीमासँग जोडिने पक्कीे सडक छिटो चाहिएको छ जसले गर्दा हाम्रो प्रदेशका अर्गानिक वस्तुहरूले बजार पाउनेछन् । गरिबीका रेखामुनिका खस, आर्य, आदिबासी र जनजातिहरू कामको खोजीमा मौसमी बसाइसराइँ गर्न पर्ने छैन । जसका कारण स्थानीय संस्कृतिको लोप र वातावरण विनाश भइरहेको छ त्यो जोगिनेछ । यस्तो कार्यको रोकथामको लागि पनि भौतिक पूर्वाधार निर्माण गर्नु जरुरी छ ।

अब कर्णाली प्रदेशले केन्द्रलाई धारेहात लगाएर बस्ने परिस्थिति छैन किनभने कर्णालीको आफ्नै सरकार छ जसले आफ्नो भूगोलको पहिचान राम्रोसँग गरेको छ । अब पनि योजना आवश्यकता र प्राथमिकताबमोजिम बन्न सकेन भने हाम्रो प्रगति कहिल्यै हुन सक्तैन तर कता कता कर्णाली प्रदेश सरकार पनि सपना नयाँ देख्छ, काम गर्ने शैली पुरानो नै वितरणमुखी राख्छ ।

काठमाडौंका सम्भ्रान्त राजनीतिज्ञबाट बहिष्कृत गरिएको र विकासे साझेदारबाट उपेक्षा गरिएको हुँदा हाम्रा कर्णालीका जनताले बाहिरका मानिसलाई विश्वास गर्ने अवस्था नै छैन । यस किसिमको बाहिरको बाध्यात्मक परनिर्भरताका कारण आफूलाई पुग्ने स्थानीय उत्पादन ह्रास भएको छ भने हाम्रो स्वाभिमान र गौरवतामाथि पनि आँच पुगेको छ । राज्यको राजनीतिक प्रशासनिक विभेदका कारण राणाकालदेखि गणतन्त्रात्मक कालसम्म पनि कर्णालीलाई ओठे सहानुभूतिबाहेक केही प्राप्त हुन सकिरहेको छैन । विकासका योजना भनेको सम्बन्धित स्थानीय क्षेत्र अनुकूल गरिनु पर्नेमा काठमाडौंमा बसेका आफूलाई महान् विद्वान् भन्नेहरूले सबैलाई एकै खाले नीति बनाएका कारण पनि कर्णालीको विकासले गति लिन कहिल्यै सकेन । नेपालकै कुरो त्यसमाथि पनि झन् कर्णालीको व्यथा विकास कहिल्यै पनि जनताको माग बमोजिम हुन सकेन । कि सरकारको कि त दाताको चाहना अनुसारको विकास लादियो । विकास भनेको त सरकार र दाताको प्रस्तावभन्दा पनि जनताको आवश्यकता र अधिकारमुखी हुनुपर्ने हो । त्यो हुन सकेन जसले गर्दा प्राकृतिक स्रोत र साधनले भरिपूर्ण कर्णाली गरिवीको विल्ला भिरेर हिँड्नु पर्ने अवस्थामा आयो । तर अहिले परिवेश भिन्न छ । अब कर्णाली प्रदेशले केन्द्रलाई धारेहात लगाएर बस्ने परिस्थिति छैन किनभने कर्णालीको आफ्नै सरकार छ जसले आफ्नो भूगोलको पहिचान राम्रोसँग गरेको छ । अब पनि योजना आवश्यकता र प्राथमिकताबमोजिम बन्न सकेन भने हाम्रो प्रगति कहिल्यै हुन सक्तैन तर कता कता कर्णाली प्रदेश सरकार पनि सपना नयाँ देख्छ, काम गर्ने शैली पुरानो नै वितरणमुखी राख्छ । यसले गर्दा यहाँको विकासलाई अझै पनि चलायमान बनाउन सकिने कुरामा औंला उठ्न सक्छ । अझै पनि केन्द्रीय सरकारबाटै परिचालित हुन खोजेको गन्ध आउँछ । यसरी हामीले सोचेको कर्णालीको विकास हुन सक्दैन । त्यसकारण हाम्रो विकास गर्ने मोडालिटी फेर्नु अत्यन्त जरुरी छ । अब कर्णालीलाई विकसित र समृद्ध बनाउन ६ वटा “ब” को अवधारणामा जानु जरुरी छ भन्ने मलाई लाग्दछ ।

१) बाटो
बाटो भनेको विकास हो । विकासलाई चलायमान बनाउन आधुनिक युग सुहाँउदो बाटो चाहिन्छ । अब सडकविना कर्णालीको विकासको परिकल्पनासम्म पनि गर्न सकिन्न । युग सुहाउँदो सडक सञ्जालको निर्माण गर्न नसक्दा हाम्रो विकासले गति लिन नसकेको हो । हामीले सामग्री ढुवानीका लागि कि त हवाई ढुवानीमा निर्भर हुनु प¥यो कि त घोडा खच्चरमा, जसले गर्दा हरेक सामग्रीहरू पचासौं गुणा महङ्गो हुन पुग्यो र विकासको परिणाम पनि देखिन सकेन । त्यसरी नै आफ्ना उत्पादनहरूलाई पनि बजारसम्म लिन सकिने अवस्था रहेन । कर्णालीको उत्पादन अर्गानिक हँुदा हुँदै पनि महङ्गो भाडादरका कारण बजारसँग प्रतिस्पर्धा गर्न सकेन जसले गर्दा कर्णाली परर्निभर हुन बाध्य भयो । सहज किसिमको सडक मार्ग, हवाई मार्ग, रज्जु मार्ग नहुँदा हामीले हाम्रो अथाह प्राकृतिक स्रोतसाधनको उपयोग गर्न सकेनौं र त्यसरी नै हामीले गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थापन गर्न सकेनौं । यी यावत कुराले के देखाउँछ भने सडक सञ्जालको अभावले नै हामी कर्णालीबासीलाई सुनको थालीमा भिख माग्नु पर्ने अवस्थाको सिर्जना भयो । कर्णालीको आमूल परिवर्तनका लागि पहिलो विकासको आधार भनेको नै सडक, सडक, सडक अनि सडक नै हो ।

२) विद्युत
हामी जलस्रोतका अथाह धनी छौँ तर के गर्ने पानी दक्षिण बगेको बगेकै छ हामी भने अस्मिताको नारा लगाएर बसिरहेका छौ । करिब २१००० मेघावाट जलविद्युत उत्पादन हुन सक्ने कर्णाली प्रदेशमा जम्मा ४ मेघावाट विद्युत उत्पादनमा चित्त बुझाउनु परेको छ । अब हामीले विदेशी लगानीकर्ता खोजेर सङ्घीय सरकारसँग समन्वय गरेर दुई तीन वटा मेघा प्रोजेक्ट बनाउनेवित्तिकै आर्थिक उन्नतिको ढोका खुल्छ । विद्युतीकरण हुनेवित्तिकै स्वास्थ्य, शिक्षाको स्तर उन्नति हुन्छ । उद्योगधन्दा खोल्न सुरू हुन्छन् । पर्यटकहरूका लागि पूर्वाधार तयार हुन्छन अनि लाखौँको हिसाबमा पर्यटक भित्र्याएर विदेशी मुद्रा आर्जन गरेर प्रदेशलाई उन्नत बनाउन सक्छौँ । आधुनिक किसिमको शैक्षिक प्रविधिको प्रयोगले दक्ष मानवीय शक्ति उत्पादन आफ्नै भूमिमा गर्न सक्छौं । वन सम्पदाको जगेर्ना गरी बहुमूल्य जडिबुटीका साथै वन्यजन्तुको विकास गरी आम्दानी बढाउन सक्छौं । त्यसैले यस प्रदेशले विद्युत विकासमा कदम चाल्नै पर्छ ।

३) विचार
अहिलेको युग भनेको सञ्चारको युग हो । स्मार्ट सिटीको अवधारणा र प्रयोगमा विश्व अगाडि लम्किसकेको छ । इन्टरनेटले गर्दा संसारलाई औंलाको टुप्पामाथि केन्द्रित बनाएको छ । सारा कुरा विद्युतीय माध्यमबाट हुने हुनाले कर्णालीको द्रुत र विकासका लागि गाउँका प्रत्येक कुना कुनामा सूचना, सञ्चार र प्रविधि पुर्याउनु अपरिहार्य भइसकेको छ । यसमा पनि पछि पर्यौँ भने फेरि बेलैमा सडक निर्माण गर्न नसकी उन्नतिमा पछि परे जस्तै पछि पर्ने छौँ । त्यसकारण डिजिटल युगमा टावर निर्माण गर्ने, नेट जोड्ने कुरामा त सेकेण्डभर पनि ढिलो गर्नु हुन्न । यसले कर्णालीको विकासको ढोका खोल्दछ ।

४) वन
हामी जङ्गल, जडिबुटी, जल, जमिन, जनावरमा धनी छौँ तर यिनीहरूको सही सदुपयोग गर्न सकेका छैनौँ । यस क्षेत्रमा मूल्यवान जडिबुटी प्रशस्त हुने भएकाले यसको संरक्षण सम्वद्र्धन र सही ढङ्गले सदुपयोग गर्नु पर्छ । यसले हाम्रो आर्थिक उन्नतिको मेरुदण्ड नै सावित भएर काम गर्ने कुरामा कुनै दुईमत छैन । साथै हामीले एग्रो फरेस्ट्रीमा जोड दिनै पर्छ । यो प्रदेशको अनाज औषधीजन्य गुण को छ । जस्तैः कोदो, फापर, चिनो, कागुनो, जौ, नाफल, उवा, मार्सी धान आदि । नगदे बालीमा सिमी, मास, उच्च हिमाली आलु, च्याउ, झ्याउ र स्याउ, दाँते ओखर, आरुवोखरा, चुली, खामु, आरु जसको महत्व नै औषधीजन्य छ । हरियो वन नेपालको धन भन्ने हाम्रो नीतिलाई साकार गर्नु पर्छ । कर्णाली प्रदेशको आधाभन्दा बढी आयआर्जन वन क्षेत्र र बन पैदावारबाट गर्न सकिन्छ । त्यसैले बनलाई नै कर्णालीको धन बनाउनु पर्छ ।

५) बजार
अब रह्यो पाचौं ब । यो भनेको बजार हो । बजारको असहजताले गर्दा आज हाम्रा बहुमूल्य स्थानिय उत्पादनहरू यसै खेर गइरहेका छन् । यहाँका सबै उत्पादनहरूलार्ई बजार व्यवस्थापनको पनि उत्तिकै आवश्यकता हुन्छ । त्यो उत्पादनका लागि आन्तरिक बजारले मात्र खपत गर्न सक्दैन त्यसका लागि उत्तरको चीन र दक्षिणको भारतमा पनि बजारीकरण गर्नु अत्यन्त जरुरी हुन्छ । Value Chain को अवधारणालाई अपनाउँदै बजार विस्तारमा यो प्रदेश लाग्नु जरुरी छ । यसो गर्दा यहाँको आम्दानीका साथै विकासले पनि फड्को मार्ने कुरामा दुईमत छैन ।

६) व्यवस्थापन
हामी नेपालीहरूको अर्को मुख्य कमजोरी भनेको व्यवस्थापन हो । त्यो रोगबाट कर्णाली प्रदेश अछूतो हुने त कुरै भएन । सबै कुरा समयभित्र गर्ने कुरामा हामी दृढ छैनौँ । समयलाई जीवन र पैसा नसम्झँदासम्म हामीले विकासको गति अगाडि बढाउन सक्दैनौँ । आजसम्मको हाम्रो काम गर्ने परम्परालाई हेर्ने हो भने २ वर्षे योजना बनाउँछाँै तर त्यो काम २० वर्षसम्ममा पनि पूरा गर्दैनौँ । यस्तो किसिमको व्यवस्थापनले उभोगति लाग्ने सम्भावना नै हुदैन । Time is money and time is life भन्ने मूल मन्त्रलाई आत्मसात गर्यौँ भने हाम्रो विकास नहुने कुरा नै छैन । विकास भएपछि कर्णालीबासी खुसी, सुखी र समृद्ध अवश्य हुनेछन् । राज्यले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन हुनेछ ।

हामीले आफ्नो विकास गर्ने मोडालिटीमा परिवर्तन गर्न सकेनाँै र अर्को निर्वाचन जित्ने हिसाबले मात्र बजेट विनियोजनतर्फ उद्धत भयौँ भने एउटा उखान छ “हिउँ आयो मस्तै जस्ता थियौ उस्तै” हुने अवस्था पनि नआउला भन्न पनि सकिन्न । समयसापेक्ष र इमान्दार भई दत्तचित्त किसिमले काम गर्यौँ भने हाम्रो उन्नतिलाई कसैले छेकबार लगाउन नै सक्दैन । आजको हेपिएको कर्णाली हैन समृद्ध कर्णालीको सपना आठ दश वर्षमै वास्तविकतामा परिणत गर्न सक्छौं । जय कर्णाली, जय नेपाल ।

शाही नेपाल सरकारका पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री तथा कर्णाली प्रदेशका विपक्षी दलको नेता हुनुहुन्छ ।by-rarapati


error: Content is protected !!