Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

काँग्रेसकाे आगामी अधिबेशनमा जिल्ला सचिवमा लड्छु-न्याैपाने

कालिकाेट । नेपाली काँग्रेसका युवा नेता टिकाराम न्याैपानेले पाटीकाे आगामी जिल्ला अधिबेशनमा जिल्ला कार्य समितिकाे सचिवमा आफ्नाे उम्मेद्वारी हुने बताएका छन् । नेपाली काँग्रेस तिलागुफा नगरकार्य समितिका सचिव तथा तिलागुफा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष समेत रहेका न्याैपानेले यस्ताे बचाएका हुन् ।

 

सम्पूर्ण नेता कार्यकर्ताले जिम्मेवारी दिएमा पाटीकाे जिल्ला कार्यसमिति सचिवमा लड्छु । उनले भने, म पाटीलाई बलियाे बनाउने र आगामी निर्बाचनमा पाटीलाई बिजयी बनाउने रणनीतिका साथ अगाडि बढिरहेकाे छु ।

 

सबै नेताहरुकाे सल्लाह अनुसार अगाडि बढ्छु । तिलागुफाका नेता कार्यकर्ताहरुले तिलागुफा नगरसभापतीकाे जिम्मेवारी लिनुपर्छ पनि भनेका छन । तर मेराे तयारी जिल्लाकाे सचिबका लागि हाे ।

 

काँग्रेसमा अग्रजकाे सम्मान, सक्रिय युवा नेतालाई उचित स्थान दिएर गुटउपगुटकाे सिकार हुनबाट पाटीलाई बचाउनु पर्छ । काँग्रेस नेता न्यौपाने तिलागुफानगरपालिकामा नेपाली काङ्ग्रेसबाट बिजयी हुने एकमात्र वडा अध्यक्ष हुन ।