Loading... आजः २ बैशाख २०८१, आईतवार

रक्‍तदान किन गर्ने ?

जीवन गिरी
रगतबाट मानव शरीरका सबैतिर रहेका कोषहरुमा आवश्यक पौष्टिक पदार्थ, अक्सिजन लगायतका पदार्थ पुग्ने गर्छन् । रगतले शरीरका हरेक अंगलाई आवश्यक पर्ने पौष्टिक तत्व ढुवानी गर्ने काम गर्छ । तर, विभिन्न कारणले मानव शरीरमा रगतको अभाव हुने गर्छ । यस्तो बेला अरुबाट रगत निकालेर लिन सकिन्छ।

साधाणतया भनु पर्दा रक्तदान भन्नाले कुनै पनि मानिसले आफ्नो रगत स्वेच्छाले दान गर्नुलार्इ जनाउँछ । शारीरिक तौलको ७ प्रतिशत भाग रगत हुन्छ भने त्यसमध्ये ६० प्रतिशत भागमा प्लाज्मा (९० प्रतिशत पानी र १० प्रतिशत पोषक तत्व) रहेको हुन्छ । रगतको बाँकी ४० प्रतिशत भागमा भने ठोस पदार्थ हुन्छ।
कुनैपनि बेला जोकोहीलार्इ रगत चाहिन सक्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलार्इ बचाउने वैकल्पिक उपाय भनेकै रक्तदान हो, रगतको उल्लेखनीय महत्व छ । नेपालमा वर्षेनी करिब ३ लाख युनिट रगतको आवश्यकता पर्छ तर जहिले पनि अभावको समाचार आइरहेका हुन्छन्। विशेषगरी अधिक रक्तश्रावका बिरामी, प्रसुति, मुटु, मष्तिष्कको शल्यक्रिया, दुर्घटनामा परेका बिरामीहरूलार्इ रगत अनिवार्य हुन्छ भने अन्य रोगका लागि पनि तुरुन्त रगत चाहिरन्छ । जटिल प्रकृतिका शल्यक्रिया दिनानुदिन बढिरहेको हाम्रो नेपालमा रगतको अभाव हुँदा शल्यक्रिया नै समयमा हुन नसक्ने स्थिति बिकराल छ । अत्याधिक बढ्ने गरेको सडक दुर्घटना, बाढी, पहिरो, भूकम्प जस्ता घटनाहरूका साथै अबिछिन्न गर्भधारण, गर्भपतन पहिलाको तुलनामा बढेकाले रगतको माग अत्याधिक छ।

हामीले ब्यापक रूपमा सुन्ने गरेका छौं, ‘रक्तदान जीवनदान’ । रक्तदान गर्नु पुण्यको काम हो । किनभने हामीले दिएको रगतबाट कसैले नयाँ जीवन पाउँछ । रक्तदान गर्नाले अन्य व्यक्तिको जीवनमात्र बच्दैन, रक्तदान गर्ने व्यक्तिको शरीर समेत स्वस्थ रहन्छ । साधारणतया एउटा व्यक्तिको शरीरमा छ लिटर (करिब दश युनिट) रगत उत्पादन हुने गर्दछ । जबकी रक्तदानको समयमा भने एक युनिट अर्थात ४ देखि ७ सय मिलिमिटर रगत मात्र निकालिने गरिन्छ । त्यो भनेको शरीरमा भएको सबै रगतको १२ देखि १४ प्रतिशत मात्र भएकाले रक्तदानका क्रममा त्यसरी रगत निकाल्दा व्यक्तिलाई भने कुनै हानी गर्दैन । किनभने एउटा व्यक्तिको शरीरमा रगत निर्माण भएको १ सय २० दिन भित्र उक्त रगत स्वत: नष्ट हुने गर्छ । जबकी सोही रगत अरुलाई दान गर्दा व्यक्तिको शरीरमा छिटो–छिटो रगतको उत्पादन हुने गर्दछ । त्यसैले स्वस्थ ब्यक्तिले हरेक ३/३ महिनामा रक्तदान गर्न सक्छन्।

जब व्यक्तिले रक्तदान गर्छ, तब व्यक्तिको मिर्गौलामा रहेको पेरिट्युबुलर सेलले शरीरमा अक्सिजन कम भएको महसुस गर्न थाल्छ । जसका कारण मिर्गौलाले एरिथ्रोपेटिन नामको प्रोटिन सेक्रेट गर्न थाल्छ । उक्त प्रोटिन रगतमार्फत् बोनम्यारोसम्म पुग्छ । र बोनम्यारोले तुरुन्तै रातो रक्तकोषिका निर्माण गर्न सुरु गर्न थाल्छ । एउटा बोनम्यारोले एक सेकेन्डमा एकदेखि दुई मिलियन रातो रक्तकोषिका निर्माण गर्ने हुँदा रक्तदान गरेको २४ घण्टाभित्रै एउटा व्यक्तिको शरीरमा पुन: निर्माण भइसक्छ। र, व्यक्ति पुरानै अवस्थामा फर्किसकेको हुन्छ।

आजको आधुनिक चिकित्सा विज्ञानले विश्वमा धेरै प्रगति हासिल गरेता पनि कृत्रिम तरिकाले रगत उत्पादन गर्ने प्रबिधि फेला पारेको छैन । त्यसकारण कसैलार्इ रगत चाहिएको बेला अर्को ब्यक्तिले रक्तदान गर्नु एकमात्र विकल्प छ । मानव शरिरमा पुरानो रगतको क्षय प्रक्रिया लगातार चलिरहने हुनाले त्यसै नष्ट भएर खेर जाने रगत नियमित रूपमा दान गर्दा फाइदाजनक हुन्छ ।अहिले बिभिन्न सामाजिक संघसंस्थाहरूले बृहत रक्तदान कार्यक्रम तथा जनचेतनामुलक अभियानहरू सन्चान गरी रगत संकलन कार्यलार्इ प्रभाबकारी बनाउन सकारात्मक प्रयास पनि गरिरहेको देखिन्छ ।

मानव स्वास्थ्यका लागि रगतलाई जति महत्वका साथ हेरिएको छ सोही अनुसार नेपाल सरकार र सम्बन्धित निकायको ध्यान जान सकेको छैन । केही तथ्यांकलाई विश्लेषण गर्ने हो भने नेपालमा रगतको मागअनुसार आपूर्ति हुन नसकेको देखिन्छ । रगत अभावकै कारण बिरामीको मृत्यु भएको खबर सार्वजनिक नभए पनि दुरदराज र ग्रामीण क्षेत्रमा रगत अभावमा नै मुत्यु हुने बिरामीको संख्या धेरै छ । रक्तदान सम्बन्धी जानकारी नहुँदा कतिपयले चाहेर पनि रक्तदान गर्न पाएका छैनन् । कतिपयले भने कयौंपटक रक्तदान गरेर सामाजिक रूपमा उच्च छवी बनाएका पनि छन्।

रक्‍तदान किन गर्ने ?


यसको ६० प्रतिशत द्रव्‍य र ४० प्रतिशत ठोस हुन्छ । द्रव्‍यलाई प्‍लाज्‍मा भनिन्छ जसमा ९० प्रतिशत पानी र १० प्रतिशत पोषक तत्‍व, हार्मोन इत्‍यादि हुन्छ र यो भोजन दवाईहरू आदिले धेरै छिटो बनाउँछ । तर रगतको ठोस हिस्‍सा, जसमा आरबीसी, डब्‍लूबीसी र प्‍लेटेलेट हुन्छ , त्यसनाई पुनस् बनाउनमा धेरै समय लाग्छ ।
यहाँ तपाईको भूमिका बन्दछ, जति समय एक बिरामीलाई यी तत्‍वहरू फिर्ता पाउनमा लाग्नेछ, त्यसमा उसको ज्यान जान सक्छ । कहिले काही शरीरको अवस्था यिनीहरूलाई फिर्ता लिने स्थितिमा पनि हुँदैन, नाजुक हुन्छ ।

तपाई के जान्नु हुन्छ भने रगत उत्पन्न गर्न सकिँदैन, मात्र यसको दान सम्भव छ । अथवा मात्र तपाई त्यो व्‍यक्तिलाई बचाउन सक्नु हुन्छ जसलाई रगतको जरूरत छ । पहिला हामीले रगत कति प्रकार र तिनीहरू कति बच्छ भने कुरा बुझ्नुस्। रगत दुई प्रकारको हुन्छ।

राता रक्त कोष (Red Blood Cells)
रगतको सबभन्दा प्रमुख कोशिका हो। राता रक्त कोषहरूलाई इरिथ्रोसाइट्स पनि भनिन्छ । एक घन मिलिलिटर रगतमा ४५ लाखदेखि ५० लाखसम्म राता रक्त कणिकाहरू हुन्छन् । यिनको आयु ९० देखि १२० दिनसम्म हुन्छ । यिनीहरू बोन म्यारोमा बन्छन् । यी कोषहरू प्रत्येक सेकन्डमा २० लाख जति बन्छन् भने त्यत्तिकै सङ्ख्यामा नासिन्छन् । राता रक्त कोष बन्ने र नासिने प्रक्रिया बाचुन्जेल चलिरहन्छ । पुराना रक्त कोषहरू कलेजो र फियोमा नष्ट हुन्छन् । यसमा भएको फलाम तत्त्व पुनः प्रयोगमा आइरहन्छ ।

राता रक्त कोषका मुख्य कार्य

शरीरमा अक्सिजन र कार्बन डाइअक्साइडको परिवहन गर्नु हो । राता रक्त कोषमा एक प्रकारको पिग्मेन्ट हुन्छ, जसलाई हेमोग्लोबिन भनिन्छ । यसले गर्दा रगत रातो हुन्छ

सेता रक्त कोष (white blood cells)
सेता रक्त कोषहरूलाई ल्युकोसाइट्स पनि भनिन्छ । यिनीहरूमा हेमोग्लोबिन हुंदैन । सेता रक्तकोषहरू ग्रानुलर र ननग्रानुलर गरी दुई किसिमका हुन्छन् ।
न्युट्रोफिल, इओसिनोफिल र ब्यासोफिललाई ग्रानुलर लिउकोसाइट भनिन्छ भने लिम्फोसाइटर मोनोसाइटलाई ननग्रानुलर लिउकोसाइट भनिन्छ । यिनीहरूको आयु करिब दुई हप्ता हुन्छ । एक घन मिलिमिटर रगतमा ६००० देखि १०,००० सम्म सेता कोषहरू हुन्छन् । यिनीहरू हाडको मासी लिम्फ नोड र फियोमा बन्छन् ।

सेता रक्त कोषका मुख्य काम
१.यिनीहरूमध्ये केही रोग सङ्क्रमण गर्ने कीटाणुसँग लड्छन् ।
२. केहीले रोगका कीटाणुलाई नष्ट गर्छन् ।
३. केहीले सङ्क्रमक कीटाणुसँग लड्दा नाश भएका वस्तुहरूलाई हटाउंछन् र घाउ निको पार्छन् ।
हाम्रो शरीरमा सेता रक्त कणिकाको सङ्ख्या औसतभन्दा बढी भएमा ल्युकेमिया रोग लाग्छ, जसलाई ब्लड क्यान्सर पनि भनिन्छ ।

रक्तदान गर्नुका फाइदा
तौल घटाउँन मद्दत गर्छ
एक पटक रक्तदान गर्दा ४ देखि ७ सय मिललिटर घट्न सक्छ । तौल घट्नु–बढ्नु क्यालोरीमा भरपर्छ, यदि क्यालोरी घटेमा तौल पनि घट्छ । यद्यपी, रक्तदान ३ महिनामा एक पटक मात्रै गर्नुपर्छ ।

मनको सन्तुष्टि
यसमा कुनै शंका छैन, रक्तदान गरेपछि कस्तो मनमा सन्तुष्टि हुन्छ । किनकि, मानव रगतको कुनै विकल्प नै हुँदैन, त्यसैले यो एक महत्वपूर्ण काम पनि हो ।
जब तपाई रक्तदान गर्नुहुन्छ, त्यसले ३र४ अलग–अलग बिरामीलाई काम लाग्छ, जसले खुशी र सन्तुष्टिको भाव दिन्छ ।

मुटु स्वस्थ्य रहन्छ
धेरैलाई थाहा नहुन सक्छ, नियमित रक्तदान गर्नाले आइरनको मात्रा ठिक रहन्छ । शरीरमा आइरन बढेमा अक्सिडेटिभ खराब हुने गर्छ, जसबाट टिस्यु खराब हुन्छ ।
रक्तदान गर्नाले शरीरमा खाली आइरनको मात्रा मात्रै ठिक हुँदैन, मुटुको रोगबाट पनि बचाउँछ ।

कलेजोको रोग र क्यान्सरको जोखिम कम
यद्यपी, यस्तो कुनै अध्ययन भएको छैन, जसले रक्तदान गर्नाले कलेजो रोग र क्यान्सरको जोखिम कम हुन्छ भन्ने दाबी गर्छ । तर, एक अध्ययनले रक्तदान गर्नाले कलेजोमा राम्रो असर पर्ने देखाएको छ ।
कलेजोको कार्य आइरन मेटाबोलिजममा निर्भर गर्छ । रक्तदानले शरीरमा आइरनको मात्रा ठिक हुन्छ र कलेजो खराब हुनबाट बचाउँछ ।

निम्न अवस्थामा रक्तदान गर्न मिल्छ

१. १८ वर्ष उमेर तथा ५० केजी तौ भएका स्वस्थ्य व्यक्ति जोसुकैले रक्तदान गर्न सक्छन् । अभिभावकको स्वीकृतिमा १६ वर्ष माथिकाले पनि रक्तदान गर्न मिल्छ । ६० वर्षभन्दा बढी उमेरकाहरुले रक्तदान गर्नु हुँदैन।

२. ज्वरो वा सास फेर्न गाह्रो नभएमा एलर्जी, सुक्खा खोकी भए पनि रक्तदान गर्न मिल्छ ।

३. सामान्य खालको दम भएकाहरुले औषधि खाइरहेका भए पनि रक्तदान गर्न सक्छन् ।

४. नाडीको चाल ५०(१०० प्रतिमिनेट भएका, माथिल्लो प्रेसर ९सिस्टोलिक० १००(१८० तथा तल्लो प्रेसर ९डायास्टोलिक० ५०(१०० छ भने उच्च रक्तचापको औषधि खाइरहेका वा नखाएका जोसुकैले पनि रक्तदान गर्न सक्छन् ।

५. चिनी रोगले आँखा, मुटु, मिर्गौला आदि अंगमा असार नपारेको अवस्थामा मुखबाट औषधि खाइरहेकाहरुको चिनी रोग नियन्त्रणमा छ भने रक्तदान गर्न सकिन्छ ।

६. विगत ६ महिनादेखि छाती दुख्ने तथा मुटुरोग सम्बन्धी लक्षण नभएका, रोग नियन्त्रणमा भएका र दैनिक क्रियाकलापमा समस्या नभएका मुटुरोगीहरुले रक्तदान गर्न मिल्छ ।

निम्न अवस्थामा रक्तदान गर्नु हुँदैन

१. औषधि सेवन

२. खोप: (दादुरा, हाडे, रुबेला, ठेउला तथा जनै खटिरा विरुद्ध खोप लगाएको चार हप्तासम्म रक्तदान गर्नु हुँदैन । हेपाटाइटिस ‘बी’ खोप लगाएकाहरुले तीन हप्तासम्म रक्तदान गर्नु हुँदैन ।)

३. स्वास्थ्य अवस्था: (प्रति एक सय मिलिलिटर रगतमा हेमोग्लोबिन महिलामा १२ दशमलब ५ ग्राम तथा पुरुषमा १३ ग्रामभन्दा कम वा २० ग्रामभन्दा बढी भएकाहरुले रक्तदान गर्नु हुँदैन ।

गर्भवती महिलाले बच्चा जन्मेको ६ हप्तासम्म रक्तदान गर्नु हुँदैन ।

हृदयघात, मस्तिष्कघात, कलेजो तथा मिर्गौला फेल भएकाहरुले रक्तदान गर्नु हुँदैन ।)

रक्तदान गरेपछि अपनाउनुपर्ने सतर्कता

१. २० मिनेट आराम गर्नुपर्छ ।

२. कहिलेकाहीँ रक्तदान गरेपछि रिङ्गटा लाग्न सक्छ, होस गुम्न सक्छ। यस्तो अवस्थामा जुरुक्क उठ्ने प्रयास गर्नु हुँदैन। कोल्टे फर्केर आराम गर्नुपर्छ। गोडा अलि माथि उठाउने वा गोडामुनि सिरानी राखेर सुत्नुपर्छ ।

३. जुस, जीवन जल, पानी जस्ता तरल पदार्थ प्रसस्त पिउनुपर्छ ।

४. २४ घण्टा शारीरिक श्रम हुनेगरी गाह्रो काम गर्नु हुँदैन ।

रक्‍तदानको बारेमा गलत धारणाहरू
१. रक्‍तदानको पछि म कमजोरी हुन्छ।
२. म मोटाउन सक्दिन।
३. मलाई रोग सर्छ।
४. रगतको कमी हुन्छ।
५. काम गर्न सक्दिन।
६. म बेहोस हुन्छु।

रक्तदानका लागि सुझाव
रक्‍तदान गर्नु भन्दा एक घण्टा पहिले पौष्टिक भोजन खाने ।

रक्तदानको पछि दिइने नाश्‍तालाई स्‍वीकार नगर्ने किनकि तपाईले त्यो लिन महत्त्वपूर्ण छ। यसको पछि तपाईलाई राम्रो खाना खाने सल्लाह दिइन्छ ।

रक्‍तदानभन्दा पहिले धूम्रपान नगर्ने। रक्‍तदानको ३ घण्टापछि तपाई धूम्रपान गर्न सक्नु हुन्छ ।

यदि ४८ घण्टा पहिले तपाईले एल्‍कोहल लिनु भएको छ भने तपाई रक्‍तदान गर्नका लागि योग्‍य हुनुहुन्न ।