Loading... आजः १२ श्रावण २०७८, मंगलवार

प्रहरी अबराेधका बाबजुत कालिकाेटमा दिपाबली मनाईयाे

बिस्नप्रसाद न्याैपाने कालिकाेट । सर्बाेच्चाे अदालतकाे फैसलाकाे स्वागत गर्दै कालिकाेटमा दिपावली बालिएकाे छ । नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र र नेकपा एमाले माधव समूह नीकट विद्यार्थी संगठनहरुले जिल्ला सदरमुकाम मान्मकाे प्रतिमा चाेकमा दिपावली बालेका हुन ।

 

अधिनायकबाद मुर्दाबाद, लाेकतान्त्रीक संबिधान जिन्दाबाद, सर्बाेच्चाेकाे फैसला स्वागत याेग्य छ लगायतका नाराबाजी सहित कालिकाेटमा दिपावली बालेर खुसीयाली मनाईएकाे हाे । दिपावलीमा नेपाली कांग्रेसका महासमिति सदस्य टेकराज शाही, जिल्लाकार्य समितिका सहसचिव दमन शाही, युवा नेता मनराज शाही, नेकपा माओबादी केन्द्रका अध्यक्ष धनजित शाही, नेताहरु नेत्रराज शाही, खेमहादुर सिंह, धर्मराज शाही, विद्यार्थी नेताहरु नेबिसंघका अध्यक्ष नेत्र शाही, नेकपा माओबादी केन्द्र निकट विद्यार्थी संगठनका केन्द्रिय सदस्य भीम आचार्य लगायतका नेताहरुकाे सहभागीता थियाे ।

 

दिपावली बाल्न नदिने भन्दै प्रहरीले अबराेध गर्दा केही समय झडप पनि भएकाे थियाे । उता नेकपा एमाले ओली समुहका बिद्यार्थी तथा युवा संघले सर्बाेच्चाे अदालतकाे फैसलाका बिरुद्वमा नाराबाजी गरे । उनीहरुले नेपालकाे राजनीतिक प्रणालीका बिरुद्वमा सर्बाेच्चाेले राजनीतिक फैसला गरेकाे आराेप लगाए ।


error: Content is protected !!