Loading... आजः १२ श्रावण २०७८, मंगलवार

विद्यालयको स्तरोन्नति गर्न सुर्खेतमा व्यक्तिले गरे सहयोग

सुर्खेतको एक विद्यालयको स्तरोन्नतिको लागि व्यक्तिगत रूपमा सहयोग गरिएको छ।

 

विद्यालयमा फिल्ड निर्माण तथा विद्युत जडानका लागि नेपाल लोकतान्त्रिक खेलुकद संघ कर्णाली प्रदेशका अध्यक्ष हरि विष्टले मंगलबार एक लाख रूपैयाँ नगद सहयोग गरेका हुन्।

 

 

भवनबाहेक भौतिक पूर्वाधारमा कमजोर वीरेन्द्रनगर-१ धारापानीमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न व्यक्तिगत रुपमा सहयोग गरिएको विष्टले बताए।

 

 

तत्कालका लागि दिइएको एक लाख रुपैयाँले बालबालिकाका लागि खेल्ने फिल्ड निर्माण गरिने छ।

 

फिल्ड निर्माणको काम भइरहेको उनले बताए। ‘सहयोग गर्ने प्रतिबद्धता अनुसार नै विद्यालयमा फिल्ड निर्माणको काम यसअघि नै भइसकेको छ, यसपछिका अरु पूर्वाधार तयार गर्न पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छु,’ उनले भने।

 

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमराज विक र विद्यालयका प्रधानाध्यापक प्रकाश ढुंगानालाई संयुक्त रुपमा रकम हस्तान्तरण गरिएको थियो।

विद्यालयको फिल्ड राम्रो नहुँदा बालबालिकालाई खेलकुदका लागि समस्या हुने गरेको देखेपछि आफूले सहयोग गर्ने मनस्थिति बनाएको विष्टले बताए।

 

 

उक्त विद्यालयमा अध्ययनरत बालवालिकामध्ये ९० प्रतिशत बालबालिका ज्याला मजदुरी गरी परिवार पाल्ने दलित समुदायका रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकले बताए।

 

 

अध्यक्ष विष्टले यसपछि विद्यालयमा विद्युत जडान गर्न पनि आफूले व्यक्तिगत रूपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। उक्त विद्यालयमा अहिलेसम्म विद्युत जडान गरिएको छैन।

 


error: Content is protected !!