Loading... आजः १२ श्रावण २०७८, मंगलवार

नेपाली काँग्रेस खाडाचक्र नगरद्वारा कार्यलय उद्घाटन

 कालिकाेट नेपाली काँग्रेस खाडाचक्र नगरकार्य समितिले पाटी कार्यलय उद्घाटन गरेकाे छ । नगरकार्य समितिका सभापती भानु आचार्यकाे सभापतीत्वमा भएकाे कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस कालिकाेटका सभापती हर्षबहादुर बमले पाटी कार्यलय उद्घाटन गरेका हुन ।

 

कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु मुक्ति प्रसाद न्याैपाने, टेकराज शाही, अम्मबहादुर शाही, प्रेमबहादुर शाही, यशुधा शाही, दमन शाही, मनराज शाही, नन्दबहादुर शाही लगायतकाे नेता तथा कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे ।

 

 

कार्यक्रममा काँग्रेस नेताहरुले पाटीकाे संगठन सुदृढिकरण र बिस्तार अभियानलाई थप प्रभावकारी बनाउने बताएका छन । उनीहरुले मुलुकमा कम्युनिष्टकाे अराजक्ताका कारण नागरिकहरु काँग्रेस प्रति आकर्षित भईरहेकाे बताउदै अब काँग्रेसकाे बिकल्प नरहेकाे बताए । आगामी तीन वटै तहका संसदिय निर्बाचनमा काँग्रेसलाई बिजयी हुनबाट कसैले नराेक्ने उनीहरुकाे दाबी छ ।


error: Content is protected !!