Loading... आजः ७ बैशाख २०८१, शुक्रबार

रक्तदानबाट गर्भवतीको ज्यान जोगियो

कालिकोट, जिल्ला अस्पताल कालिकोटमा एक गर्भवती महिलालाई  रगतदान गरेका छन् ।कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडानं.१० निवासी गर्भवती महिला सर्मिला शाहीलाई बुधबार अनेरास्ववियू कालिकोटका संयोजक धर्म बहादुर शाहीले  १ पईन्ट रगतदान गरेका हुन् ।

 

रगत अभाव भएकाे खवर सुने लगत्तै आफू जिल्ला अस्पतालमा पुगेर   गर्भवती महिलालाई रगतदान गरेको  संयोजक धर्म बहादुर शाहीले बताए। शाहीले  आज सम्म गरी ७ पटक  रगतदान गरीसकेका छन्।