Loading... आजः १२ श्रावण २०७८, मंगलवार

जिल्ला अस्पताल कालिकोटमाअक्सिजन प्लान्ट जडान

ललित बिष्ट कालिकोट, जिल्ला अस्पताल कालिकोटमाअक्सिजन प्लान्ट जडान गरीएको छ स्वास्थ्य सेवा कार्यालय कालिकोटले  श्रावण ६ गते  जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरेको हो।

 

कोभिड विशेष अस्पतालमा क्षयरोग निदानको आधुनिक तथा नयाँ प्रबिधिका लागि Gene X-pert मेसिन installation गरिएको र सोही दिन जिल्ला अस्पतालमा दैनिक ४० लिटरका  ४०,५० वटा सिलिन्डर अक्सिजन ग्यास भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक कटक महतले बताउनुभयो ।

 

 

स्वास्थ्य सेवाको क्षेत्रमा यो निकै ठुलो उपलबधी भएको भन्दै निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक महतले यसको लागि मुख्यमन्त्री महेन्द्र बहादुर शाही, मन्त्रालयका सचीव ,सामाजिक बिकास मन्त्रालय , निर्देशक ,स्वासे निर्देशनालय , राष्ट्रिय क्षयरोग केन्द्र लगायत सहयोग गर्ने सबैब्यक्ति तथा संस्था प्रति हार्दिक आभार सहित धन्यवाद दिनु भयाे ।

 

 

अब प्लान्ट र मेसिन सन्चालनका लागि पर्याप्त बिधुत्त आपूर्तिको आवश्यक भएकोले सो को लागि नियमित बिधुत्त आपूर्तिमा ध्यान दिन सम्बन्धित सबैमा अनुरोध समेत गर्नु भएको छ । गएकाे लकडावनकाे बेला जिल्लामा अक्सिजन सिलिन्डरको अभावमा काेभिड बिरामी लाई रिफर गनु परेको थियो।


error: Content is protected !!