Loading... आजः ३० चैत्र २०८०, शुक्रबार

कालिकोट कांग्रेस सभापति हुनु भनेको”बलेको आगोमा हात हाल्नु जस्तै हो” :सभापति मल्ल

कालिकोट ,हालसम्म जतिजनाले सभापतिको उम्मेदवारी घोषणा गर्नु भएको छ,जतिजनाको चर्चा छ तपाईहरु सबै मेरो आदरणीय ब्याक्तित्व अनि अग्रज नेता हुनुहुन्छ तपाइँहरु सम्पुर्णलाई हृदय देखिनै उच्च सम्मान छ,सद्भभाव छ ।

 

पार्टीमा धेरै दुख,लगानी गर्नुभएको छ यो कुरामा म मात्र होइन कालिकोट काङ्ग्रेसमा आस्थामान सम्पुर्ण कार्यकर्ताहरु सहमत छौ!तर कालिकोट काङ्ग्रेसको सभापति हुनु भनेको “बलेको आगोमा हात हाल्नु जस्तै हो” सभापति पद भनेको सम्मान गर्नका लागि मात्र होइन,परिचय दिनका लागि होइन,मागेर आफ्नो गुजारा दैनिकी चलाउनका लागि पनि होइन,आफ्नो पछाडिका २,४ जनालाई मात्र प्रोटेक्सन गर्ने मात्र होइन।

 

हुनत सत्य तितो हुन्छ कसैलाई मन नपर्न सक्छ बास्तबमा यथार्थ यहि हो,नेकाको सभापति हुनु भनेको पैसा कमाउनलाई खोलियका NGO,उपभोक्ता समितिको अध्यक्ष भएको जस्तो होइन जिल्ला सभापति वा जिल्ला नेतृत्व संग गाउँ लेभलका कार्यकर्ता वा काङ्ग्रेसमा आस्थावान सम्पुर्ण आमाबुबा दाजुभाइ दिदिबहिनीहरुको सपना, इच्छा,आकाँछा भबिस्य जोडिएको हुन्छ।

 

त्यसैले मेरो ब्यक्तिगत धाराणा यो छकि जसले आउने स्थानीय चुनावमा कम्तीमा,50 वटा वडा,6 वटा स्थानीय तह,1 प्रदेशसभा, र प्रतिनिधिसभाको चुनाव जिताउन सक्ने आट र अठोट राख्न सक्नुहुन्छ!त्यतिमात्र होइन कुनैपनी चुनाबमा अरु पार्टिको पैसा खायर काङ्ग्रेसलाई घात गर्ने पार्टी बिपरित काम गर्ने त्यस्ता जोसुकैलाई १ रतिभरी नहड्बडाई कार्वाही गर्न सक्ने,४,५ महिनाको एक पटक जिल्लाभरका आम कार्यकर्ताहरुलाई प्रशिक्षणको ब्यबस्थापन मिलाउन सक्ने,जनताका आधारभुत आवश्यकताहरु माथि चासो र चिन्ता राख्ने,पार्टिका भात्री संगठनहरुलाई चुस्त र दुरुस्त बनाउन सक्ने,जिल्लाभरका हजारौं कार्यकर्ताहरुलाई बिगतलाई बिर्सेर कसैलाई पनि सौतेनी व्यबहार नगरी प्रोटेक्सन गर्न सक्ने,पार्टिका कार्यकर्ताहरुको क्षमता अध्यन गरि जिम्मेवारी बाडफाड (घरको नक्सा बनाउन डाक्टरलाई र ,सुइ लगाउन इन्जिनियरलाई दिने काम बिल्कुलै नगर्ने)गर्न सक्ने आफू जलेर पनि हजारौं कार्यकर्तालाई उज्यालो दिइरहने हो त्यस्तो सभापति चाहियको हो हामिलाई र जिताउनु पनि पर्छ!बाकी फिल्ड हुन्छ।

लेखक संन्ताेषजंङ मल्ल सभापति नेपाल कांग्रेस कालिकोट