Loading... आजः १२ श्रावण २०७८, मंगलवार

नेकपा माओबादी पलाँताका नेता बिश्वकर्मा काँग्रेसमा प्रवेश

 कालिकाेट । नेकपा माओबादी जिल्ला सदस्य पलाँताका नेता कर्णबहादुर बिश्वकर्मा नेपाली काँग्रेसमा प्रवेश गरेका छन । माओबादी केन्द्रमा पुर्व जिल्ला सदस्य तथा पलाँता गाँउपालिका वडा नं ३ का वडा समस्यका उम्मेद्वार समेत रहेका बिश्वकर्मा बिहिबार नेपाली काँग्रेसकाे पाटी कार्यलयमा एक कार्यक्रमका बिच काँग्रेसमा प्रवेश गरेका हुन ।

 

नेकपा माओबादीमा २०५३ सालदेखी बैदानिक रुपमा पाटीमा सक्रिय रहेका बिश्वकर्माले आफ्नाे राजनीतिक भबिश्य काँग्रेसमा देखेर प्रबेश गरेकाे बताए । नेपाली काँग्रेस कालिकाेटका सभापती हर्षबहादुर बम, पुर्व सभापती मुक्तिप्रसाद न्याैपाने, महाधिवेशन प्रतिनिधि मानबहादुर राेकाया, संगठन बिभाग प्रमुख नन्दबहादुर शाही, जिल्ला सदस्य नमराज बम, मीनबहादुर बाेगटी, नेता पटक शाही लगायतका नेताहरुले माओबादी नेता बिश्वकर्मालाई पाटी सदस्यता प्रदान गरि अभिर लगाएर स्वागत गरेका हुन् ।

 

कार्यक्रममा काँग्रेस सभापती हर्षबहादुर बमले नेपाली काँग्रेसले अब संगठन मजभुत बनाउन जिल्लाभरी अभियान चलाई रहेकाे बताए । उनले पलाँताका माओबादी नेता बिस्वकर्मालाई पाटीमा स्वागत गर्दै काँग्रेसमा प्रवेश गर्ने सबै नेताहरुले क्षमता अनुसारकाे भुमीका पनि दिने बताए


error: Content is protected !!