Loading... आजः ८ आश्विन २०७८, शुक्रबार

एस मोडमा मिनी ट्रक दुर्घटना , २ जनाको मुत्यु

कालिकोट जिल्लाको एस मोडमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै निधन भएको छ । सुर्खेत देखि जुम्ला आँउदै गरेको ना ७ ख ९५१६ नम्वरको मिनि ट्रक दुर्घटना हुँदा गाडि चालक र साहुको निधन भएको हो । स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाका लागि अक्सिजन सिलिन्डर बोकेर आएको ट्रक जिल्लाको शुभकालिका वडानं. १ मा पर्ने एस मोडमा गाडि दुर्घटना हुदा २ जनाको निधन भएको प्रहरी श्रोतले जनाएको छ । उद्धारका लागि घटनास्थलमा प्रहरी खटिएको हुल्म प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मीमबहादुर बमले बताउनुभयो । बर्षाको समयमा हिलाम्मे कर्णाली राजमार्गमा दिनहँु यस्ता घटना घटिरहने भएकोले यो घटना कुनै नौलो नभएको यहाँका स्थानियहरुको भनाइ छ । उक्त एस मोडमा गाडिलाई सहजै रुपमा मोड्न निक्कै गाहे हुने गाडि चालकहरुको भनाई छ ।


error: Content is protected !!