Loading... आजः ५ जेष्ठ २०८१, शनिबार

कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो : ३१७ जनाको मृत्यु

काठमाडौं ।  नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्याले ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार बिहीबार नेपालमा कोरोना संक्रमितको संख्याले ५० हजार नाघेको हो ।

पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको हो । आठ लाख बढीको पीसीआर परीक्षण हुँदा कोरोनाले मृत्यु हुनेको संख्या भने तीन सय ‍‍१७ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा अहिले १४ हजार चार सय ४८ संक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा आठ हजार १० र होम ६ हजार ४३८ जनाको उपचार  भइराखेको छ। २४ घण्टामा ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ। योसँगै नेपालमा पीसीआर परीक्षण गर्नेको संख्या आठ लाख १० हजार ४८५ पुगेको छ।

२४ घण्टामा १२ सय ४६ संक्रमित थपिएका छन्। अहिले क्वारेन्टाइनमा ५ हजार ८०६  जना रहेका छन्। २४ घण्टामा १८ सय १९ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ।