Loading... आजः ८ आश्विन २०७८, शुक्रबार

फाेहाेरले भरियाे कालिकाेटकाे खुल्लामञ्च

कालिकाेट – जिल्लाकाे जुन पुर्व नगरपालिकाको वडा नम्बर १ को वडा कार्यालय ,पश्चिम जिल्ला समन्वय समितिको कार्यालय, दखिनमा जिल्ला प्रशासन र उत्तर जिल्ला अदालतको कार्यालय संगै सरकारी वकिललको कार्यालय बिचमा जिल्लाकै रंग खुल्लामञ्च छ । यस्ता जिल्लाका ठुला ठुला सरकारी अड्डा भएको क्षेत्रमा खुल्लामञ्च सफा सुँघर हुनुपर्ने हो ।
तर, त्यसो नभएर जुन हेर्न लायक नै छैन, मञ्च भरी बजारका छाडा पशु चौपायको वास स्थानमा गोबरले भरी भराउ भएर मञ्चसंगै फिल्डपनी दुर्गन्धित बनेको छ ।
वषौ लाखौको रकम खुल्ला मञ्चको मर्मत र सम्भारको लागी आउने गरेपनी यसको सहि तरिकाले सदुपयोग हुन नसक्दा जिल्लाकै रंगमय खुल्लामञ्च अहिले फोहरको डंङ्गुरले भरिभराउ हुन पुगेको छ ।
यसको रेखदेखर संरक्षणको जिम्मा कसको हुने भनेर सामाजिक संञ्जालमा चर्को आलोचना सहित प्रश्न उठेको छ । जुन दुर्गन्धित खुल्ला मञ्चको फोटो समाजिक संञ्जाल फेसवुकमा नागरिकले विभिन्न संघादिदै आलोचना गरेका छन ।
जिल्लाको मुख्य बागडोर सम्हाल्न सक्ने पार्टीका नेतादेखी युवा, तथा सरोकार वालाहरुले सम्बन्धित खाँडाचक्र नगरपालिका र जिल्ला समन्वय समितिलाई व्याङ्खेगदै ध्यानाकर्षण गरेका छन भने, कसैले मुख्य मन्त्रीको गृह जिल्लाको खुल्ला मञ्चको अवस्था भनेर लेखेका छन ।
यसै विषयमा हामिले जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही संग सरकारी कार्यालयकै अगाडी फोहरले भरिदा केही असहज भएन ? भनी सोध्दा उनले, `खुल्लामञ्चको संरक्षणको जिम्मा आफ्नो नभएर नगरपालिका को भनी पन्छिएका छन । दायित्व आफ्नो नभएपनी कार्यालय अगाडी दुर्गन्धित भएकाले आफुले सफा गर्न लगाउने बताए । उता खाँडाचक्र नगरपालिकाले पटक पटक मर्मतको लागी वजेटहाल्दै गरेको तर, केहीसमयदेखी केही जिललामा कार्यक्रम नभएकाले बेवारिसे जस्तै बन्न पुगेको नगर प्रमुख जसिप्रसाद पाण्डेले बताए । अरु नजिकै फोहर देखेर बसेका सरकारी अदालत देखी अन्य कार्यालय भने, मुखदर्शक बनेका छन ।


error: Content is protected !!