Loading... आजः ८ आश्विन २०७८, शुक्रबार

खुल्लामञ्चकाे फाेहाेर समाचारकाे प्रभावद्धारा उठाउन सुरु

कालिकोट — फाेहाेरले भरियाे कालिकाेटकाे खुल्लामञ्च भन्ने समाचार ईकर्णाली खबर लगायतका मिडियामा वाहिर आएपछी खुल्लामञ्चको फोहाेर उठाउन सुरु गरिएको छ । तिव्रिकाेट फुटवल क्लवका अध्यक्ष शुरेस कुमार बमको अध्यक्षतामा खुल्ला मञ्च सरसफाई मात्र नभएर मञ्चको रङरोगन पनि गर्ने काम भएको छ । अध्यक्ष बमका अनुसार खुल्ला मञ्चमा भएको फोहोर नगरपालिका÷वडा पालिकाकले सरसफाई गर्नु पर्नेमा आफै क्लवका भाई बहिनिहरुको सक्रियतामा शुक्रवार सरसफाई कार्यक्रम गर्नु परेको बताए ।
ईकर्णाली खबर लगायत अन्य मिडियामा समाचार दुई दिन अगाडि मात्र आएको पछि सोही समाचारका आधारमा आज सामाजिक कार्यमा सक्रिय क्लवका अध्यक्ष लगाएत सदस्यहरुको सक्रियतामा सरसफाई कार्यक्रम भएको हो ।
जिल्लाकै एक मात्र रंगमञ्च त्यसैमा सरकारी कार्यालयकै अगाडि थुप्रेको फोहर उठेन भनेर सम्बन्धित निकायहरुको ध्यानाकषर्ण भएपछी जिल्ला समन्वय समितिका प्रमुख, नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्ट, नेपाली कांग्रेसका युवा नेता दमन शाही र तिव्रीकोट फुटबल क्लवको पहलमा थुप्रेको फोहाेर उठाउन सुरु गरिएको छ ।


error: Content is protected !!