Loading... आजः ५ बैशाख २०८१, बुधबार

कर्णालीमा पछिल्लो २४ घण्टा ४८ जना कोरोनाभाइरस संक्रमण पुष्टि

कालिकाेट-कर्णालीमा पछिल्लो २४ घण्टामा ४८ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ७२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिगरी कुल ३ सय ४१ जानमा परीक्षण भएको थियो ।

कर्णाली प्रदेशमा हाल सम्म मृत्यु भएका ३ सय ६६ जना रहेकोे छ । त्यस्तै कर्णाली प्रदेशमा जम्मा कोरोनासंक्रति पीसीआर र एन्टिजेन गरेर ३२ हजार ३ सय ३८ जना रहेका छन् त्यसमध्ये ३० हजार ८४ जना निको भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।