Loading... आजः २ बैशाख २०८१, आईतवार
नेकपा एमाले पार्टी फुटेपनी कालिकोटमा यसको असर सामान्य

कालिकोटमा ६९ जना जिल्ला कमिटि मध्य ४९ जना नेकपा एमालेमा र १६ जना मात्र समाजवादीमा

कालिकाेट– नेकपा एमाले कालिकोटमा ६९ जना जिल्ला कमिटि मध्य ४९ जना नेकपा एमालेमा रहेका छन भने, १६ जना मात्र समाजवादीमा लागेका छन । नेकपा एमाले कालिकोटले शुक्रवार निकालेको तथ्यांक अनुसार,९औँ अधिवेशनमा निर्वाचित अध्यक्ष नगेन्द्र शाही, उपाध्यक्ष रमेश कुमार शाही लगायतको ६९ जनाको जिल्ला कमीटी मध्य ४९ जना नेकपा एमालेमै लागेको, १६ जना नेकपा एकिकृत समाजवादीमा लागेको, एक जनाको मृत्यु भएको र तिन जनाले पार्टी परित्याग गरेको लिस्ट सार्वजनिक गरेको छ । यस्तै नेकपा एमालेबाट स्थानिय तहको निर्वाचनमा निर्वाचित ४ वटा स्थानिय तहका जनप्रतिनिधिहरुको पनी कित्ता छुटाएको छ ।

खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डे र महावै गाउँपालिका उपाध्यक्ष मनराज शाही नेकपा एमालेमै रहेको बनाएको छ, भने, नरहरीनाथ गाउँपालिका अध्यक्ष धिरबहादुर विष्ट, खाँडाचक्र नगरपालिका उप प्रमुख विजया विष्ट, शुभकालिका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष समाजवादीमा लागेको जनाएको छ । यस्तै वडाअध्यक्षहरु पनी नेकपा एमालेमै बढि रहेको नेकपा एमाले कालिकोटले दावी गरेको छ । नेकपा विभाजित अवस्थामै केपी ओलीको विरुद्ध र अदालतको फैसलापछी एमालेमै रहदा पनी चर्को विरोधमा उत्रीएका राष्ट्रिय युवासंघ नेपालका केन्द्रिय सचिवालय सदस्य गणेश बहादुर शाही अन्नत नेकपा एमालेमै लागेका छन । नेकपा विभाजनको वेला देखी माधव समुहमै रहेर अध्यक्ष ओलीका विरुद्ध कडा संर्घस गर्दै प्रतिगमनकारी भन्दै पुत्ला जलाउन मुख्य नेतृत्व गर्ने युवा नेता शाही माधव समुह छाडेर नेकपा एमालेमै लागेका छन ।

नेपालले पार्टी फुटाएर नेकपा एकिकृत समाजवादी नाम दर्ता गरी कालिकोटमा शुत्रवार अगुवा कायकर्ता भेला तथा पार्टी प्रशिक्षण कार्यक्रममा अनुपस्थित भएका छन । एक नेताका अनुसार, आफु एकताको पक्षमै रहेको बताइएको छ । पार्टीमा आन्तरिक मतभेद रहेपनी आन्तरिक संघर्षबाटै सावधान गर्ने भन्दै आफु नेकपा एमालेमै रहेको जनाएका छन । कालिकोटमा नेकपा एमाले उपाध्यक्ष रमेश कुमार शाही, बरिष्ठ नेता भरतराज धिताल, एैनबहादुर शाही, राजबहादुर शाही लगायतका नेता समाजबादीले आयोजना गरेको कार्यक्रममा गएका छैनन् । एमालेमै रहेको बताएका छन ।