Loading... आजः १३ बैशाख २०८१, बिहीबार

कालिकोटमा देखियो मलेरिया

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिकामा मेलेरियाका बिरामी फेला परेका छन् । विगतमा तराइमा लामखुट्टेको टोकाइबाट लाग्ने मलेरिया बिस्तारै लामखुट्टे उकालो लागेसँगै कालिकोटमा पनि देखिन थालेको हो ।
जिल्ला अस्पतालमा कार्यरत डा.बिज्ञान प्रजापतीले पछिल्लो एक हप्तामा जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. २ का पाँच जनामा मलेरियो देखिएको बताए । उनका अनुसार जस मध्य एक जना बिदेशबाट आएका व्यक्ति र चार जना स्थानिय रहेका छन् । उनीहरु सबैको जिल्ला अस्पतालमा उपचार पछि निको भएको छ ।
खाँडाचक्र नगरपालिकाका बिभिन्न वडाहरुमा ज्वोरोका बिरामीहरु देखिएका छन् । एउटै वडामा पाँच जनामा मलेरिया देखिएपछि गाँउ गाँउमा स्वास्थ्यकर्मी परिचालन भएका छन् । डा.प्रजापतीका अनुसार मेलेरियाका बिरामीको फेला परेका परिवारका सदस्य तथा उनीहरुका गाँउमा मलेरिया जाँच गर्न थालिएको छ । बिहिबार ५० जनाको परिक्षण गर्दा उनीहरुमा देखिएन् । खाँडाचक्र नगरपालिकाभरी हामीले नमुनाका रुपमा परिक्षण गर्ने अभियान थालेका छौँ । मलेरियाले जटिल रुप नलियोस भनेर परिक्षणलाई बढाएका छौँ । अहिले नै आत्तिनु पर्ने अवस्था छैन् । तर सतर्क रहनु पर्ने अवस्था छ ।
मलेरिया ज्वोरो नियन्त्रणका लागि माहामारी तथा रोग नियन्त्रण माहासाखाबाट डाक्टर मदन कोइरालाको नेतृत्वमा चिकित्सकीय अनुसन्धान टोली पनि कालिकोट आएको छ । उक्त टोली र जिल्ला अस्पतालको टिम सयुक्त रुपमा खाडाचक्र नगरपालिकाको वडा नं २ र आसपासका क्षेत्रहरुमा चेक जाँच गरिरहेको छ । मान्छेबाट मान्छेमा नसर्ने यो रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्ने खाँडाचक्र नगरपालिका स्वस्थ्य साखा प्रमुख रबिन्द्र सेजुवालले बताए । उनका अनुसार यो रोगले संक्रमण गरेपछि उच्च ज्वरो, काम्ने ज्वरो, पसिना आउने, पटक पटक ज्वरो आउने छोड्ने जस्ता लक्षण देखिछ । गत वर्ष पनि बस्तीमा तीन जनामा आयातीत मलेरीयाका बिरामी देखिएका थिए ।
यसबाट बच्न झुल लगाएर सुत्ने, पानी जम्ने घर नजिकका खाल्डाखुल्डी पुर्ने, घर नजिकमा हुने झारी हटाउने , घरभित्र धुप बालेर झुल लगाएर मात्र सुत्ने र नांगो शरिर रहने गरि हिडडुल नगर्ने जस्ता उपायहरु अपनाउन स्वास्थ्यकर्मीहरुले स्थानियलाई आग्रह गरेका छन् । उच्च ज्वरो आउने बित्तिकै तत्काल स्वास्थ्य संस्थामा जाने पनि अपिल गरिएको छ । मलेरिया प्रभावित क्षेत्रमा खाडाचक्र नगरपालिकाको स्वास्थ्य साखाको पहलमा नगरपालिका प्रमुख जसीप्रसाद पाण्डे, प्रमुख प्रशासकिय अधिकृत खड्गप्रसाद उपाध्यायसहित टोली स्थलगत पुगेर त्यस क्षेत्रमा स्वयमं सेवक परिचालन गरी किटनासक औषधि छर्कीने तयारी गरिएको छ ।