Loading... आजः ३ बैशाख २०८१, सोमबार

नेपालका लागु औषध : महिलाको अवस्था

विपिन थापा

कुनै पनि औषधी, जसको सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै प्रयोगकर्ताको भावना तथा सोचाइमा परिवर्तन ल्याउँछ भने त्यसलाई लागु औषध भनिन्छ । यसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउँछ । लागु औषधलाई स्वापकजन्य वा पीडाहर, अवसादक वा आलस्यजन्य, उत्तेजक र मतिभ्रामक गरी चार किसिममा वर्गीकरण गरिएको पाइन्छ । नेपाल सरकार, गृह मन्त्रालयको केन्द्रीय तथ्याङ्क (वि.सं २०७६ कात्तिक १३ गतेदेखि २०७६ मंसिर १५ गतेसम्म सञ्चालन गरेको लागु औषध प्रयोगकर्ताहरूको सर्वेक्षण, २०७६ को प्रतिवेदन मिति २०७६ असार २३ गते) अनुसार नेपालमा कुल लागु औषध प्रयोगकर्ताहरूको संख्या १ लाख, ३० हजार, ४ सय, २४ पुगेको छ भने वार्षिक औसत वृद्धिदर विगतको ११.३६ प्रतिशतबाट घटेर ५.६ प्रतिशत पुगेको छ । लागु औषध प्रयागकर्ताहरू मध्य पुरुषको संख्या १ लाख, २१ हजार, ६ सय ९२ (९३.३%) र महिलाको संख्या ८ हजार, ७ सय ३२ (६.७%) रहेको तथ्याङ्कले देखाएको छ ।

पितृसत्तात्मक सामाजिक संरचना भएको सामाजिक परिवेशमा सहजै अनुमान गर्न सकिन्छ कि एक जना छोरी मान्छेले लागुपदार्थको सेवन गर्ने कुरा समाज र परिवारले स्वीकार्न कति कठिन हुन्छ भनेर । समाज र परिवारबाट अपहेलित र तिरस्कृत अवस्थामा नेपाली महिला लागुपदार्थ प्रयोगकर्ताहरूले आफ्नो जीवन जोखिमपूर्ण अवस्थामा डो¥याइरहेको वर्तमान अवस्था ज्यादै नै भयावह एवं कहाली लाग्दो छ ।

हाल कोभिड १९ को अवस्थाको कारणले गर्दा पनि थुप्रै महिलाहरू लागुऔषधमा फसेको हामी पाउछौ । महिलाहरू आफ्नो लागु औषधको आवशयकता परिपूर्ति गर्नका लागि असुरक्षित यौन व्यवसायमा लाग्ने तथा साझा सिरिन्जको प्रयोगबाट उनीहरूलाई एचआईभी संक्रमणको जोखिम, यौनजन्य रोग संक्रमणको जोखिम, चोरी, डकैती जस्ता सामाजिक विकृति र विसंगतिपूर्ण कार्यहरूमा संलग्नता जस्ता सामाजिक समस्याहरू निम्त्याउँछन् भने अन्तत्वगत्वा आफ्नै जीवनलीला पनि समय अगावै गुमाइ रहेको अवस्था छ ।

राष्ट्रको मेरुदण्डको रुपमा रहेको युवा शक्तिहरू यसरी पथभ्रष्ट भएर हिँड्नु राष्ट्रकै चिन्ताको विषय हो । यही कुरालाई मनन गरेर सचेत नागरिकको कर्तव्य सोची मिति २०७५।१०।२७ गतेदेखि समाजमा रहेका महिला लागु औषध प्रयोगकर्ताहरूलाई समेत लक्षित गर्दै महिला लागु औषध प्रयोगकर्ताहरूको उपचार, परामर्श तथा पुनस्र्थापना कार्यको लागि काठमाडौं महानगरपालिका वडा नं.८ तिलगंगामा (आँखा अस्पतालको दक्षिणपट्टी) महिला पुनस्र्थापना केन्द्रको शुभारम्भ गरी नेपाल प्रहरी श्रीमती संघको सुपरिवेक्षणमा सञ्चालन हुँदै आईरहेको छ । यस महिला आसरा सुधार केन्द्रले लागु औषध तथा मद्यपानको कूलतमा फसेका महिलाहरूलाई विभिन्न क्रियाकलापका माध्यमवाट परिवर्तन हुने चाहना जगाउने र लागु औषध तथा मद्यपानबाट सदाको लागि मुक्ति दिलाउने उद्देश्य राखी काम गरिरहेको छ र हालसम्म ८२ जनालाई सेवा प्रदान गरिसकेको छ ।

राष्ट्रको कुल जनसंख्या मध्ये आधा जस्तो महिलाकै संख्या छ । २४० वर्ष अगाडि फर्केर हेर्दा नेपाल सुन्दर र कलात्मकताले सिंगारिएको सुन्दर राष्ट्रको रुपमा चिनिन्थ्यो । सोही समयदेखि नै नेपालको खुल्ला सिमाना र कतिपय कुराहरू रीतिरिवाज, रहनसहन, संस्कार, चाडपर्व, देवीदेवता आदि कुराहरूको कुप्रभाव हाम्रो समाजमा रहेको पाइन्छ । परम्परादेखि नै मद्यपानको प्रयोग एक संस्कारगत हिसाबले फैलिएको थियो । यातायात शिक्षाआदिको प्रवेशसँगै व्यापार प्रवद्र्धनको हिसाबले पनि नेपालमा विभिन्न ब्राण्डका रक्सीहरू भित्रिन थाल्यो । र अतिथी सत्कारमा रक्सी एकदमै महत्वपूर्ण पेय पदार्थ हुन थाल्यो । यसरी नै महिलाहरूले पनि लागुपदार्थ तथा मद्यपान प्रयोग गरेको पाइन्छ । समयको परिवर्तनसँगै आज महिलाहरूमा मद्यपानको प्रयोगको साथसाथै लागु औषधको प्रयोग बढ्दै गएको छ । समयको चालसँगै हाम्रा दिदीबहिनीहरू पाश्चात्य रहनसहनमा गाजिँदै गएको पाइएको छ ।

लागु औषधको जोखिम जुनसुकै उमेर, लिङ्ग, वर्ग र पेशा समूहको व्यक्तिलाई पर्न सक्दछ । तर केही कारणहरू छन् जसले गर्दा लागु औषधको जोखिम बढाउन मद्दत गर्दछ । लागु औषध प्रयोग गर्ने साथीहरूको संगत, फेसन, मिडिया, बढ्दो सामाजिक कुरीति, विवाह, ब्रतबन्ध, अन्नप्राशन तथा विभिन्न शुभ कार्यहरूमा मादक पदार्थ तथा सूर्तिजन्य पदार्थको प्रयोग बढ्दै जानु र विभिन्न धार्मिक कार्यहरूमा गाँजा, भाङ्ग धतुरोको प्रयोगलाई सामान्य परम्पराको रुपमा लिनु, चुरोट तथा मदिराको विज्ञापनमा प्रसिद्ध कलाकारहरूलाई प्रयोग गरिनु र त्यसको नक्कल गर्ने बानीले पनि लागु औषधको शिकार हुने सम्भावना प्रवल रहेको पाइन्छ ।

समयसापेक्ष ढंगले नेपालमा महिला लागु औषध प्रयोगकर्ता पनि बढ्दै गएको पाइन्छ । लागु औषध दुरुपयोग गर्नेमा पुरुष भन्दा महिलाहरूको सख्या कम छैन तर उपचारमा आउने महिलाको संख्या भने निकै न्यून छ । लागु औषध भनेको के हो ?

“कुनै पनि रासायनिक पदार्थ जसको सेवन गर्दा मानिसको केन्द्रीय स्नायु प्रणालीमा असर गरी सेवनकर्ताको भावना सोचाई तथा शारीरिक अवस्थामा परिवर्तन ल्याउछ भने यसलाई लागु औषध भनिन्छ ।” त्यसैले गर्दा रोग भन्ने कुरा जो कोहीलाई पनि लाग्न सक्छ । पुरुष, महिला या जुनसुकै लिङ्गको भएता पनि त्यसको नकारात्मक प्रभाव हामी जोकोहीलाई पर्न सक्दछ । आज हरेक जकसन, डिस्कोथेग, रेष्टुरेन्ट, सडक, गल्ली हरेक ठाउँमा महिला प्रयोगकर्ताको पनि सहभागिता उत्तिकै छ, जति पुरुषको छ । तर भिन्नता भनौं वा खुल्लापनको कमि, रुढीग्रस्त सोचाइका कारण उपचारसम्म पुग्ने महिलाको भने कमी छ ।

WHO ले alcoholism and drug dependency is a disease भनेर वर्णन गरी सक्दा पनि छोरालाई रोगले आक्रमण गर्दा उस्ले उपचार सहजै भेट्ने तर छोरीलाई किन अफवा फिजाएर उपचारमा ल्याउन नखोज्ने ? आखिर रोग जस्लाई पनि लाग्न सक्छ, पुरुष, महिला, बच्चा, वृद्ध जो सुकैलाई पनि लाग्न सक्छ । महिला लागु औषध प्रयोगकर्ताहरूलाई परिवारबाटै परित्याग गरिएका थुप्रै उदाहरणहरू छन् । दुःखको कुरा, एउटै घरको छोरा लागु औषधको कुलतमा फसेको खण्डमा परिवार र आफन्तजनहरूले उसलाई कहाँ लगेर कसरी उपचार गर्ने भन्ने बारेमा सोधीखोजी गर्छन्, उपचार गर्छन् र पुनस्र्थापनाको लागि उपचार केन्द्र सम्म पुप्याउछन् । अझ धेरैजसोले त कुलतमा फसेका छोराहरूको लागि सहनशिल बुहारी खोजेर बिवाहसमेत गरिदिन्छन् । बुहारीले छोरा सपारोस् भन्ने आसा र अपेक्षा गर्छन् । मानौं कि, आफ्ना कुलतमा फसेका छोरा सपार्ने दायित्व अर्काकी छोरीको हो । तर त्यसको ठिक विपरित महिला लागु औषध प्रयोगकर्ताहरूले भने परिवारबाट त्यागिएर अपहेलित भई, सडक र गल्लीहरूमा भौतारिएर हिँड्नु परिरहेको अवस्था छ । एउटा अण्डा फुटेपछि फुट्यो अब यसको कुनै आशा छैन भनि वेवास्ता गर्दछन् । बढी रक्सी पिउने पुरुषहरूको दाँजोमा बढी रक्सी पिउने महिलाहरूको दिमागमा रक्सीले गम्भीर क्षति पुग्ने र मस्तिष्कका महत्वपूर्ण नसाहरूमा क्षति पुगेको कुरा हेडलवर्ग विश्वविद्यालय जर्मनका प्राध्यापक कार्लभानको नेतृत्वमा रहेको विशेषज्ञहरूले गरेको अध्ययन प्रतिवेदनबाट पनि पुष्टि भइसकेको छ ।

अहिलेसम्म नेपालमा यति नै संख्यामा महिला लागु औषध प्रयोगकर्ता छन् भनेर आधिकारिक तथ्याङ्क छैन । यस किसिमको अध्ययन अनुसन्धान तर्फ न त राज्यले चासो देखाएको छ न त कुनै एलजीओ आईएनजीओबाट नै पहल भएको छ । तसर्थ लागु औषध प्रयोगकर्ता महिलाको यकिन तथ्याङ्क नभएकोले मात्र अनुमान गर्न सकिन्छ कि जति पुरुष लागु औषध प्रयोगकर्ता छन् तिनीहरूकै हाराहारीमा महिला लागु औषध प्रयोगकताहरू पनि छन् । लागु औषध प्रयोगकर्ता महिलाको संख्या ठूलो भए पनि यिनीहरू घरका कोठाभित्र र गल्लीहरूभित्र आफूलाई लुकाउँदै बसिरहेको अवस्था छ । पुरुषहरूको उपचार केन्द्रको तुलनामा महिला उपचार केन्द्र त झनै न्यून छन् । उनीहरूलाई उपचार केन्द्रमा नल्याउनु तथा नजानु त छँदैछ, उपचार गर्न जान चाहने महिलाहरूलाई पनि देशका मूख्य शहरहरूमा उपचार केन्द्र नहुँदा र उपचार हुन्छ भन्ने अज्ञानताको कारणले गर्दा अकालमै ज्यान गुमाउन विवश छन् ।

अहिले महिला आसराले महिला लागु औषध प्रयोगकर्ताहरूलाई उपचार तथा पुनस्र्थापना गर्ने काम गरिरहेको छ । विद्यालय, कलेज तथा आमा समूहहरूमा जनचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै आएको छ । हाल कोभिड १९ को महामारीको अवस्थामा पनि स्वास्थ्य मापदण्ड अपनाई निरन्तर रुपमा सेवा प्रदान गर्दै आइरहेको छ । रुढिवादी सोच तथा महिलाले कुनै पनि किसिमको लागु औषध सेवन गर्दैनन्, यदि सेवन गरेको थाहा पाएमा उपचार हुन्छ भन्ने ज्ञानको कमिले गर्दा जति सेवाग्राही उपचारमा आउनु पर्ने हो, त्यति नआएको अवस्थामा विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरूमा सहभागीता जनाउँदै आएको छ भने सरोकारवालाहरू कहाँ प्रत्यक्ष सम्र्पकमा आई उनीहरूलाई उपचारमा जानको लागि उत्प्रेरकको भूमिका पनि यस केन्द्रले निभाउँदै आएको छ । त्यसका साथै लागु औषध प्रयागकर्ता तथा आवश्यक रुपमा सेवा लिरहेका सेवाग्राहीलाई पनि परामर्श दिँदै आएको छ ।

पुरुष लागु औषध प्रयागकर्ताहरू संगठित भई गोप्य बैठक(Anonymous meetings)मा सहभागी भई आफूलाई सहयोग गर्ने समुहहरू निमार्ण गर्दछन् र उनीहरू सफल पनि भएको पाइन्छ । तर महिलाहरूको हकमा भने उनीहरू खुल्लम खुल्ला ती बैठकहरूमा जान सक्दैनन् । लागु औषध प्रयागकर्ता भनेर आफन्त तथा चिन्नेजान्नेले देख्दा आफूलाई हेर्ने दृष्टिकोण गलत हुने डरले महिलाहरू खुल्दैनन् । त्यसकारण उनीहरू बढी जोखिममा परिरहेको अवस्था छ । यदि उनीहरूले पनि संगठित भएर आपसमा विचार, अनुभव आदानप्रदान गरी आफूलाई सवल र संगठित बनाउने वातावरण पाएको खण्डमा उठ्न सक्षम हुने कुरामा दुईमत छैन । त्यसैले महिलाहरूमा पनि सहज रुपमा सहयोगी संगठन (support group) वा गोप्य बैठक (Annonymous Meeting) हरूमा सहभागी भई अनुभव वा विचारहरू व्यक्त गर्ने तथा लिने वातावरणको खाँचो छ ।

बाबुआमाको इज्जत बचाउने जिम्मेवारी केवल छोरीको मात्र काँधमा छ । उनीहरू यसरी बैठकमा गए फलानाको छोरी लागु औषध प्रयोगकर्ता भनेर थाहा पाएमा बाबुआमाको इज्जतमा दाग लाग्दछ भन्ने आमधारणा छ । विडम्बना के छ भने माथि उल्लेख गरे झैँ महिला लागु औषध प्रयोगकर्ताहरूको उपचार एवं सहयोगका लागि एकाधबाहेक अहिलेसम्म कुनै पनि आमाबुवा वा आफन्त अघि सर्दैनन् । यसको एउटा कारण त के पनि हो भने महिलाले कडा खाले कुनै पनि किसिमको लागु औषध सेवन गर्दैनन् भन्ने भ्रम पनि एउटा हो ।

महिला हुन् या पुरुष, लागु औषध प्रयोगकर्ताहरू पनि यसै समाजका सदस्य हुन् । सबै मान्छेको सोच्ने शक्ति र जिउने तरिका एउटै हुँदैन । र कोही पनि मान्छे जान्दाजान्दै वा बुझ्दाबुझ्दै लागु औषधको दलदलमा फस्दैन । विविध कारण र परिस्थितीले लागु औषधमा फसेर उन्मुक्ति नपाइरहेकाहरूको उद्धार र सहयोग गर्नु हामी सबैको मानवीय धर्म हो । त्यसैले यदि तपाईंका वरपर वा छरछिमेकमा त्यस्ता व्यक्तिहरू, जो तपाईंका दिदीबहिनी, श्रीमती, भाउजू, नजिकका महिला नातेदार वा छिमेकी होलान्, तिनलाई लागु औषधको दलदलबाट जोगाउन र नयाँ जीवन दिन तपाईं एक आर्दश नागरिकको भूमिका बहन गर्न सक्नुहुन्छ । यस्तो महान् कार्यमा यदि तपाईलाई हाम्रो सहयोगको खाँचो परेमा हामी सदा सेवामा तत्पर रहने छौँ । @kerninews.com

त्यसको लागि हाम्रो सम्पर्क ठेगाना होः
महिला आसरा सुधार केन्द्र, तिलंगगा, काठमाडौं– सम्पर्क नम्बर :– ०१–४११२६४१, ९८५१२८५८८१