Loading... आजः ८ आश्विन २०७८, शुक्रबार

करिडाेरमा जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टर मार्फत उद्वार

कालिकाेट– कर्णाली करिडाेर स्थिति आम्तडाकाे उकालाे भिरमा जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टर मार्फत उद्वार गरिएको छ ।

घाइतेको उद्वारकाे लागि हिजाेनै हेलिकप्टर आएपनि माैशम खराविले गर्दा बिचवाटाे बाटै फिर्ता भएकाे थियाे ।

शान्नि त्रिवेणी गाउँपालिका देखि जितेबजार जाँदै गरेकाे क १ ज २३ नम्बरको जिप आईतबार दुर्घटना हुँदा चालककाे घटना स्थलमै मृत्यु भएकाे थियाे भने, ११ जना घाइते भएका थिए ।

११ जना घाइते मध्य गम्भीर अवस्थाका दुई जनालाई नेपाली सेनाकाे हेलिकप्टर मार्फत थप उपचारका लागि सुर्खेत लगिएको जनाईएकाे छ ।

हेलिकप्टर मार्फत उद्वार गरिएका रास्काेट ९ का लक्ष्मीप्रसाद वराल र टेक लुवार रहेका छन । उनिहरूकाे अवस्था गम्भीर रहेकाे स्वास्थ्य कार्यालय कालिकोटले जनाएको छ ।
अरू घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार गरिएकाे गरिदै छ ।


error: Content is protected !!