Loading... आजः ८ आश्विन २०७८, शुक्रबार

पत्रकारकाे हाैसला मर्न दिदैनाैँ : बरिष्ट उपाध्यक्ष बिष्ट

सुर्खेत – नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ट उपाध्यक्ष रमेश बिष्टले महासंघले पत्रकारकाे हाैसला मर्न नदिने बताएका छन् । कर्णाली प्रदेशका भुमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीमाथि लागेकाे बलात्कार आराेप र त्यसै समचारका कारण असुरक्षित भएका नेपाल प्रेस युनियन कालिकाेटका अध्यक्ष तथा अन्नपुर्णकर्मी बिस्नप्रसाद न्याैपाने र नागरिककर्मी नगेन्द्र उपाध्यायलाई सुरक्षित भएर काम गर्ने वातावरण बनाउन सम्बन्धित पक्षलाई आग्रह गर्दे यस्ताे बताएका हुन् । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले गठन गरेकाे मिशन टाेलीका संयाेजक समेत रहेका उपाध्यक्ष बिष्टले भने, सत्यतथ्य समचार लेख्ने पत्रकारहरुकाे हाैसला मर्न दिदैनाैँ । जुन कृषिमन्त्रीलाई लागेकाे बलात्कार आराेपकाे घटनामा द्वय पत्रकाहरुले लेखेकाे समचारमा कुनै शंका छैन । महासंघ पुर्ण बिस्वस्त छ । पत्रकारहरुलाई पेशागत अधिकार र भएरहित बाताबरणमा काम गर्ने अवस्था सिर्जना गर्न महासंघ प्रतिबद्व छ । उनले भने, कुनै पनि पत्रकारले समचार लेखेकै कारण असुरक्षा महसुस गर्छ भने त्यसकाे पक्षमा मुलुकभरीका पत्रकारहरु लाग्छाै । धम्की र गाली नराेकिए महासंघले कडा आन्दाेलन गर्छ । सम्बन्धित व्यक्ति तथा समुहलाई कानुनी दायरामा ल्याउछ पहल गर्छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देविराम देवकाेटा, सुर्खेत शाखा अध्यक्ष ललित बस्याल, पुर्व अध्यक्ष श्रीधर पाैडेल लगायतका वक्ताहरुले पत्रकारले समचार लेखेकै कारण धम्की खानु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकाे हनन भएकाे भन्दै त्यसकाे निन्दा गरेका थिए । महासंघकाे मिशन टाेलीले सुर्खेतमा आएर पत्रकार असुरक्षित भएकाे घटनाका बिषयमा सराेकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने, पीडित पत्रकारहरुसँग छलफल तथा अन्य बिषयमा अनुसन्धान सुरु गरेकाे छ ।


error: Content is protected !!